
काठमाडौं । आईसीसी टी २० विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानलाई विशाल चुनौती दिएको छ।
समूह ‘सी’को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले सुरुमा फिल्ड रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा ११८ रन बनाएको हो।
वेस्ट इन्डिजका लागि निकोलस पुरन शतक प्रहार गर्न दुई रनले चुके। उनी ५३ बल खेल्दै ९८ रन बनाउँदा अफगानिस्तानका नवीन उल हकबाट रनआउट भए।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए। कप्तान रोभम्यान पावेलले १५ बलमा २६ रन बनाउँदा साही होपले १७ बलमा २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रन बनाएको हो।
अफगानिस्तानका लागि कप्तान राशिद खान सबैभन्दा महंगो सावित भए। उनले चार ओभर बलिङ गर्दा बिना विकेट ४५ रन दिए। उसका लागि दुई ओभर बलिङ गरेका गुलबदिन नायबले दुई विकेट लिँदा मात्र १४ रन खर्चिए।
अजमातुल्लाह उमरजाई र नवीन उल हकले एकएक विकेट हात पारे भने अघिल्ला खेलमा चम्किएका फजलहक फारुकी चल्न सकेनन्। तीन ओभर बलिङ गरेका उनले बिना विकेट ३८ रन दिए।
तीन खेलसम्म अपराजित रहँदै सुपर ८ प्रवेश गरेका दुई टिमको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ।
समान ६ अंक बनाए पनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज दोस्रो स्थानमा छ। यो खेललाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ। वेस्ट इन्डिजर र अफगानिस्तान दुवै टिम अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छन्।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच