चट्याङका कारण तीर्थयात्री भवन र खेलमैदानमा क्षति, विद्युत प्रसारण अवरुद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कमा आइतवार राति परेको चट्याङका कारण लागेर तीर्थयात्री भवन पूर्ण रुपमा क्षति भएको छ ।

चट्याङ लागेर प्रसिद्ध धार्मिक स्थल रिखार जाने तिर्थयात्रीहरुलाई लक्षित गरि पात्लेखर्कमा निर्माण गरिएको तिर्थयात्री भवन पूर्ण रुपमा क्षति भएको हो । त्यसैगरी सप्तऋषि रिखार युवा क्लबको खेल मैदानमा पनि क्षति पुगेको छ । छहरेखोला लघुजलविद्यूतको पात्लेखर्कमा रहेको प्रशारणलाइनमा क्षति हुँदा विद्युत सेवा समेत अवरुद्ध भएको स्थानीय अगुवा युवा अंकित पुनले जानकारी दिनुभयो ।

स्थानीय जनसुन्दर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पुनले दिएको जानकारी अनुसार विद्यालय भवनमा समेत आँसिक रुपमा क्षति पुगेको छ ।

उहाँका अनुसार तीर्थयात्री भवन भत्किँदा तीर्थयात्रीको लागि भवनभित्र रहेका लत्ताकपडा र भाँडाकुडाहरुमा समेत क्षति भएको छ । चट्याङले तीर्थयात्री भवन भत्किँदा युवा क्लबको खेलमैदान पुरिएको छ भने खेलमैदानको प्याराफिट समेत भत्किएको छ ।
नयाँ बर्ष २०८० को अवसरमा स्थानीय सप्तऋषि रिखार युवा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको अवस्थामा खेलमैदान, प्याराफिट र भवनमा क्षति पुगेसंगै मेला समेत प्रभावित हुने सम्भावना रहेको क्लवका अध्यक्ष विवश फगामीले बताउनुभयो ।

चट्याङका कारण खेलमैदान परिसरमा रहेको क्लबको भवन समेत चर्किएको उहाँले जानकारी दिनुभयो । रातको समयमा चट्यांक लागेको र तीर्थयात्रु भवन र विद्यालयमा कोही पनि नभएको कारण मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?