कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका बासिन्दालाई बासिन्दालाई खानेपानीको अभाव हुन थालेको छ । लामो समयसम्म वर्षा नहुँदा र भूमिगत पानीको सहत घट्न थालेपछि ‘हातेपम्प’ सुक्नथालेपछि थानीय बासिन्दालाई खानेपानीको अभाव भएको हो ।
पछिल्लो समय बढ्दै गएको तापक्रमसँगै भएको खडेरीले धनगढीका आधादर्जन भन्दा बढी वडामा हातेपम्पबाट पानी आउन छोडेको स्थानियको भनाई छ ।
खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाहले धनगढीमा भूमिगत पानीको सतह करीव २ मिटरसम्म घटेको बताउनु भयो । खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको बताउदै उहाँले गर्मीसँगै नल्काको पानी सुकेपछि अहिले माग बढेर दैनिक १७ लाख लिटर खानेपानी उपभोक्ताहरु बितरण गरीरहेको बताउनु भयो ।
गर्मीका कारण एकातिर २ मिटर पानीको सतह घट्नु र अर्को तर्फ बत्ती जाने, सडक र नाली निर्माण गर्दा आपूर्ति बन्द हुने गरेकाले समस्या हुने गरेको बताउनु भयो ।
प्रमुख शाहले शाहले धनगढी लगायतका क्षेत्रमा चैतदेखि पानीको सतह कम हुँदै गएको बताउनु भयो । उहाँले हातेपम्प सुकेका नागरीकहरु खानेपानी जोड्न आउने गरेको बताउनु भयो ।
दुई महिनाअघिदेखि नै हातेपम्प सुक्न थालेको भएपनि जेठ महिनाको पहिलो सातादेखि भने हातेपम्पबाट पानी आउनै छाडेपछि स्थानीय बासिन्दाले बताएका छन् ।
अहिले धनगढीका जुगेडा, बडहरा, घोडसुवा, बेला, सन्तोसीटोल, फुलबारी, बेली, क्याम्पसरोड लगायतको क्षेत्रमा हातेपम्प सुक्न थालेका हुन् ।
धनगढी–१२ जुगेडाका हरी रीजालले बैशाखदेखि पानी घट्दै गएपनि जेठको अनिम साताबाट पानि आउनै छोडेको बताउनु भयो । कसैको खेतमा सिचाई बोरिङ चलेका बेला त्यसबाट पानी ल्याउने गरेको बताउँदै उहाँले बोरिङ चल्ने अबस्था नरहे छिमेकीको घरबाट माग्नु परेको बताउनु भयो ।
धनगढीकै स्थानिय प्रदीप भुलले खानेपानी, बस्तुभाउलाई पानी खुवाउने र धानको बीउका लागि पानीको जोहो गर्न समस्या भएको बताउनु भयो ।
घरमा पालेका बस्तुभाउलाई पानी खुवाउन र लुगा धुनका लागि विगतमा स्थानीय बासिन्दाले नजिकै खोल्सा वा नदीको पानी उपयोग गर्दै आएका छन् ।
धनगढीकै अर्का स्थानिय सानुमाया तामाङले गर्मी महिना सुरु भएसगै पानी सुक्दै गएको र अहिले छिमेकीबाट किनेर खाने गरेको बताउनु भयो । उहाँले छिमेकी टोलमा खानेपानी पुगेकोले त्यसैबाट किन्ने गरेको भएपनि बस्तुभाउ र धानको बेर्नाका लागि पानी जोह गर्न समस्या भएको बताउनु भयो ।
धनगढी क्षेत्रका वनहरु, प्राकृतिक ताल तथा पोखरीहरु र नदी–नालाहरु मासिदै गएकाले भूमिगत पानीको सतहसमेत कम हुँदै गएको छ । धनगढी उपमहानगरपालिकाले नाला, नदी, पोखरी तथा तालहरुको संरक्षणका लागि अभियान नै चलाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच