रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवाका सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी पठाइएको हो ।
मतदान केन्द्रमा पुगेका कर्मचारीले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गरेको समेत थापाले जानकारी दिए । सर्वदलीय बैठक बस्ने, सुचना टाँस गर्ने, लगायतका गतिविधिहरु सुरु गरेका छन् ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा स्वयमसेवकसहित ४१० जना कर्मचारी खटाइएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरि खटाइएको हो । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा आठ वटा मतदानस्थल र नौ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँच वटा मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा ३८ हजार ५४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६८९ पुरुष र १८ हजार ८८५ महिला रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच