![संस्कृत र सफ्टपावर !](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Keshab-prasad-Chaulgai.jpg)
काठमाडौं । लक्ष्मण सुनारले दोस्रो चलचित्र ‘बन्दी’ निर्देशन गर्ने हुनुभएको छ । सुशील पोखरेलको निर्माणमा बन्न लागेको चलचित्रको कथा सुशील देवकोटाले लेखिरहनुभएको छ । स्क्रिप्ट फाइनल गरेर अबको केही महिनामा छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । लक्ष्मणको पहिलो निर्देशन रहेको चललिचत्र ‘बुलाकी’ थियो । यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो ।
पोखरेलले करिब ६ वर्षपछि चलचित्र निर्माण गर्न लाग्नुभएको हो । उहाँले पछिल्लोपटक चलचित्र ‘यात्रा’ बनाउनुभएको थियो । यो चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको थियो । त्यसअघि उहाँले ‘राधे’, ‘निगरानी’, ‘बडिगार्ड’ जस्ता चलचित्र निर्माण गर्नुभएको थियो । २०६२ सालमा बन्धक बनाइएका सैनिकको पीडा र संघर्षको कथामा ‘बन्दी’ बन्ने पोखरेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच