काठमाडौं । चलचित्र ‘देवी’ आगामी तीजको छेको पारेर सिनेमाघरमा आउने भएको छ । चलचित्रले भदौ २१ गतेलाई सिनेमाघरमा मिति तय गरेको हो ।
अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव पहारीको मुख्य भूमिका रहेको चलचित्रलाई सन्जोग राईले निर्देशन गर्नुभएको हो । चलचित्रले महिलामाथि हुने यौनजन्य हिंसाविरुद्धको कथा उठाएको बताइएको छ ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मस्ले सहकार्य गरेको चलचित्रमा शिल्पा र गौरवका अलावा टीका पहारी, नाजिर हुसेनलगायतको पनि अभिनय छ ।
रेमन गुरुङ, नारायण राई र सन्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुनुहुनुन्छ । जोएल फ्रोमले छायांकन गरेको चलचित्रको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच