काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा उत्कृष्टताका आधारमा विभिन्न अवार्ड र सम्मान प्राप्त गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राख्नुभएको छ । सोही कारण पनि सबैका लागि बैंक भन्ने मूल नारासहित २०६३ सालमा स्थापना भएको ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाका रूपमा बैंकिङ क्षेत्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएको छ ।
सोही क्रममा पछिल्लोपटक ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक बनेको छ ।
त्यसैगरी बैंक युरोमनी अवार्ड फर एक्सलेन्स-बेष्ट बैंक नेपाल २०२२ बाट सम्मानित भएको छ । सन् १९९२ मा स्थापित अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ-नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई इक्राएनपी-आइआरए प्रदान गरेको छ । उक्त रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन ‘इन्टरनेसनल फाइनान्स म्यागजिन’ द्वारा ‘बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल’ अवार्डबाट पनि सम्मानित भएको थियो । सिंगापुरमा आयोजित विशेष कार्यक्रमबीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
त्यस्तै, ग्लोबल आइएमई बैंक बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड कर दाखिला गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच