काठमाडौं । बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
पछिल्ला केहीदिन घट्दै आएको नेप्से आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १०.४४ अंकले घटेको हो।
बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूह घटेकाले नेप्सेमा उच्च गिरावट आएको हो ।
आज शून्य दशमलव ५० प्रतिशतले घटेर नेप्से २०६८.३१ विन्दुमा झरेको छ।
नेप्सेमा बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भएको स्कट एक्सचेन्चले जनाएको छ।
बिहीबार १८६ कम्पनीको मूल्य घट्यो भने ५२ कम्पनीको सेयर मूल्य बढ्यो। ८ वटा कम्पनीको मूल्य स्थिर रहेको थियो। फाइनान्स उपसमूह ४२.०२ अंकले बढे पनि अन्य सबै उपसमूह घटेको छ । सबैभन्दा बढी विकास बैंक उपसमूह ३४.६१ अंकले घटेको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७.७१ प्रतिशतले बढेको छ। कारोबार र रकमका आधारमा सबैभन्दा अघि माउन्टेन नेपाल इनर्जीको १७ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको २ लाख ८१ हजार १६८ कित्ता सेयर खरिदबिक्री भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच