काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताउनुभएको छ ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिनुभएको जवाफले पनि सोकुरा प्रमाणित गर्ने बताउनु भयो ।
उहाँले कार्यविधिमा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गर्नुभयो । यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताउनु भयो । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्नेकुरा आजको मन्तव्यका क्रममा राखेपनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देश जनताको पक्षमा यो सरकार छैन । यसले सक्दैन । आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरु जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ । केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो । एक करोड भन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन् । तीन करोड भन्दा तलको खर्बौं नाघ्छ । त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको ? यो सरकार जिम्मेवार छैन ।’
उहाँले नेपाली काँग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच