एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल विजयी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेकपा एमाले कालीकोटको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा तुलाराज मल्ल विजयी हुनुभएको छ । चैत्र २१ गतेदेखि सदरमुकाम मान्ममा सुरु भएको एघारौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि चैत २४ गते निर्वाचन भएको थियो ।

जिल्ला कमिटी अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेको थियो । चुनावमा मल्लले आफ्ना प्रतिद्वन्द्वी निर्वतमान उपाध्यक्ष दयाराम सिम्खडालाई ३२ मतले पराजित गर्नुभएको हो । कुल ४ सय २८ प्रतिनिधि भएको अधिवेशनमा ४ सय २४ मत खस्दा मल्लले २ सय १८ मत प्राप्त गर्नुभयो भने सिम्खडाले १ सय ८६ मत पाउनुभयो । त्यस्तै उपाध्यक्षमा मल्ल टिमकै टेकबहादुर बुढाले २ सय १० मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कमल कुमार शाहीले १७२ मत प्राप्त गर्दै पराजय हुनुभयो ।

सचिवमा पुष्पराज आचार्यले २ सय १२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी खडानन्द चौलागाईंले १५८ मत प्राप्त गर्नुभयो । सचिवमा आचार्यले चौलागाईंलाई ५४ मतले पराजित गनुभएको हो ।

उपसचिवमा पुरुष खुलातर्फ पवित्रकुमार शाही र महिलातर्फ ताराकुमारी शाही विजय हुनुभएकाे छ । पुरुषतर्फ उपसचिवमा शाहीले १६८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी लंक बहादुर बम ७० मतले पराजित हुनुभयो । बमले ९८ मत मात्रै प्राप्त गर्नुभएको थियो ।

महिलातर्फको उपसचिवमा तारा शाहीले १९२ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सुभद्रा सिंहले १५७ मत पाउनुभयो । शाहीले सिंहलाई ३५ मतले पराजित गर्नुभएको हो ।

निर्वाचनको परिणाम आइसकेपछि प्रतिक्रिया दिँदै अध्यक्षमा विजयी हुनुभएका मल्लले सबैको मनोभावनालाई समेटेर अघि बढ्ने बताउनुभएको छ । चुनावबाट धेरै सिकाइ भएकाले संगठन निर्माणमा थप सक्रिय हुने मल्लका प्रतिस्पर्धी सिम्खडाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?