म्याग्दी । मगर बाहुल्य जिल्ला म्याग्दीमा मगर जातिको उत्पत्ती, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगंगा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार मगर बाहुल्यता जिल्ला म्याग्दीमा बैशाख १० गते रघुगंगा गाउँपालिका वडा नम्बर ६ पाखापानीबाट गरिने भएको छ ।
बैशाख १० गते पाखापानी पुग्ने टोलीले बैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तरक्रिया कार्यक्रम गर्ने छ । सोही दिन मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान, धवलागिरीको केन्द्र मुनामा १२ गते कार्यक्रम गर्ने बताइएको छ ।
नेपालमा जातिगत जनसंख्याको हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच