काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा गोल्डेनगेट एसइई कप बुद्धिचाल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा यसैपालि एसइई दिएका करिब १०० खेलाडीले सहभागिता जनाउने बताइएको छ । तीनदिने प्रतियोगिता बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खुम्बुले बताउनुभयो ।
एकेडेमीकी अध्यक्ष खुम्बुका अनुसार प्रतियोगितामा ओपन र गल्र्स गरी दुई विधा समावेश गरिएको छ । दुवैतर्फका विजेतालाई १० हजार, उपविजेतालाई पाँच हजार र तेस्रो हुनेलाई तीन हजार रुपैयाँका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
गोल्डेनगेट कलेजकी निर्देशक सैल सुमन सिलवालका अनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
गत फागुनदेखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खुम्बुले भन्नुभयो, ‘एसइई कप एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता गर्दै आएको थियो । आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौँ, प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास लिएकी छु ।’ गोल्डेनगेटकी निर्देशक सिलवालले भन्नुभयो, ‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौँ । यसैलाई एसइई कपमा निरन्तरता दिँदैछौँ ।’
चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खुम्बु, तारा घले, विना जैसवाल, मदनकृष्ण कायस्थ, रूपेश जैसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच