अबको पाँच वर्ष म्याग्दीको स्वर्ण युगको वर्ष

Read Time = 7 mins

-ध्रुबसागर शर्मा
म्याग्दी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उमेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गरेका छन् ।

बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा आयोजना गरेको संयुक्त चुनावी सभामा उमेद्वारहरुले निर्वाचनपछि बन्ने संघीय र प्रदेश सरकारमा म्याग्दीको प्रतिनिधित्व विकासका कामलाई तिब्रता दिएर नयाँ उचाईमा पु¥याउने अवसर हुने बताएका छन् ।
उनीहरुले संविधान र राजनीतिक उपलब्धिको रक्षा, स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारहरुलाई जिताउन आव्हान गरे । प्रतिनिधिसभा सदस्यका उमेद्वार रहनुभएका काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले लगातार दुई वटा चुनाव हारेपनि विचलित नभई म्याग्दीवासीको सेवामा निरन्तर लागिरहेको बताउनु भयो ।

‘२०६४ मा म समानुपातिक उमेद्वार थिएँ, २०७० को दोस्रो संविधानसभा चुनावमा मतदातामाझ परिचित भएँ, २०७४ को चुनावमा वामगठबन्धनका वावजुद सम्मानजनक पराजित ब्यहोर्नुप¥यो,’ गर्बुजाले भन्नुभयो ‘दुई पटक चुनाव हारेपनि संघर्ष गर्न छाडेको छैन । म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन । यसपाली म जितका लागि प्रतिस्पर्धामा आएको हो ।’

बेलायती सेनामा हुँदा वास्केटवल, भलिबल र सुटिङ खेलाडी भएको बताउँदै गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा म्याग्देलीको प्रतिनिधित्व गर्ने बताउनु भयो ।

गर्बुजाले म्याग्दीका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिएर नयाँ योजना भित्र्याएर तिब्रताका साथ कार्यान्वयनमा लैजाने बताउनु भयो । प्रदेशसभा क्षेत्र (क)मा माओवादीका उमेद्वार हरीबहादुर भण्डारीले जलविद्युत, पर्यटन, कृषि र जडिवुटी क्षेत्रमा रहेको सम्भावनालाई व्यवहारमा रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने नीति र योजनामा प्राथमिकता दिने बताउनु भयो । उहाँले स्थानीयबासीहरुसँग समन्वय गरेर आवश्यकता र मागलाई सम्बोधन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिनिधिसभा सदस्यमा माओवादीबाट समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनको लहर छाएको बताउदै अब बन्ने सरकारमा म्याग्दीको प्रतिनिधित्व हुने र त्यसपछि म्याग्दीको विकासको पालो आउने बताउनु भयो ।
विकास निर्माणमा हुने ढिलासुस्ति, अनियमितताको अन्त्य र शुसासनका लागि प्रतिवद्ध सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले मध्य पहाडी, उत्तर दक्षिण जोड्ने लोकमार्ग, नेपालमा लोडसेडिङको अन्त्य गरी विद्युत निर्यात गर्ने काम भएको जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेलले नेपालको हरेक राजनीतिक परिवर्तनका सहयात्री दलहरुको सहकार्यबाटनै नेपालमा राजनीतिक स्थिरता कायम भई विकासले गति लिने र जनताले महशुस गर्ने सम्बृद्धी हाँसिल हुने बताउनु भयो ।

नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीमा कसिलो बनेको गठबन्धनको जित सुनिश्चित भइसकेको बताउदै विपक्षीले फैलाउने भ्रम र प्रलोभनको भण्डाफोर तथा प्रतिरोध गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । प्रदेशसभामा नेपाली काँग्रेसका समानुपातिक उमेद्वार विमला गौचन, नेकपा एकिकृत समाजवादीका प्रदेशसभामा समानुपातिक उमेद्वार दुर्गा कार्की लगायतले महिला, दलित, जनजाती, पिछडिएका वर्ग र समुदायको पक्षमा बनेको संविधान कार्यान्वयन गरेर अधिकार दिलाउन गठबन्धनलाई जिताउन अपिल गर्नुभयो ।

गठबन्धनका उमेद्वार तथा नेताहरुलाई स्थानीय विकास निर्माण र समस्याका बारेमा जानकारी गराउँदै गठबन्धनको इमान्दारीताका साथ कार्यान्वयन गरेर चुनाव जिताउने प्रतिवद्धता जनाएका थिए ।

magdi

नेपाली काँग्रेसका नेता नेत्रबहादुर महत, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायत नेताहरुले गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो । यसैगरी प्रदेशसभा क्षेत्र (ख)का गठबन्धनका साझा उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको टोलीले शनिबार मंगला गाउँपालिका २ सल्यान, थाइवाङ, भरजुला, भाइवाङमा घरदैलो र मतदाता भेटघाट गरेका छन् । नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंक पुन, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिक सहितको टोलीले गठबन्धनलाई भोट माग्दै घरदैलो गर्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?