काठमाडौं । बुढानीलकण्ठ नगरपालिका नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आज सकिएको मतगणनामा एमालेले मेयर उपमेयरमै जित निकालेको छ । मेयर मिठाराम अधिकारी विजयी हुँदा उपमेयरमा अनिता लामा विजयी बन्नुभयो ।
मेयर अधिकारी १४ हजार २५० मतका साथ विजयी हुँदा नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याउनु भयो । एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याउनु भयो ।
उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याउनु भयो । राप्रपाकी चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याउनु भएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :