बहिरा संघका सदस्यलाई सेयर साक्षरता

Read Time = 1 min

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले शनिबारको ग्लोबल मनि विक २०२३ का अवसरमा युवा केन्द्रित विविध पुँजी बजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यसहित काठमाडौं बहिरा संघको सहयोगमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम आयोजना गरेको छ । संघअन्तर्गतका सदस्यमध्ये ५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रम पुँजी बजारमा सुरुवाती प्रवेश तथा लगानीबारे जानकारी दिइएको थियो ।

तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा श्रीया कुटुले गर्नुभएको थियो भने दोभाषेको काम रेनु शाह तथा सुनिता श्रेष्ठले गर्नुभएको थियो । कम्पनीका कार्य सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचतको बानी बसाल्ने तथा सो बचत लगानी गरी गुणात्मक वृद्घि गर्न पुँजी बजार राम्रो माध्यम भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?