१९ औं राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाल साइक्लिङ संघले आज र भोली दुइ दिन १९ औं राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूका लागि हुनेछ । प्रतियोगिता गोर्कर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित जगडोल शहिद पार्कमा हुदैछ । प्रतियोगितामा ९० जना पुरुष तथा महिला साइक्लिङ खेलाडीहरूले भाग लिइएका छन ।

यो अवसरमा विभिन्न तहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ, जसले राष्ट्रिय स्तरमा साइक्लिङ खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपाल साइक्लिङ संघले सम्पूर्ण खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई यो रोमाञ्चक प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ ।

यस प्रतियोगिताले नेपालमा साइक्लिङ खेलको जनचेतना बढाउन र भविष्यका खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?