
काठमाडौं । नेपाल स्केट तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने सातौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप असार १४ र १५ मा हुनेभएको छ । प्रतियोगिता स्केटर्स नेपाल स्केट पार्क टोखा-३ मा सञ्चालन हुनेछ । प्रतियोगितामा ३०० पुरुष र १५० जना महिलाको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पुरुष तथा महिलातर्फ विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार पाउनेछन् । प्रतियोगितामा स्ट्रिट फ्रि स्टाइलमा वेष्ट ट्रिक र वेष्ट रन विधा पनि समावेश गरिएको छ । प्रथम हुनेले इटालीमा आयोजना हुने वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन पाउने आयोजकले जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच