हुम्ला । जिल्लास्तरीय हक्की प्रतियोगितामा पुरुषमा रानी सैना हक्की क्लब र महिलामा मानसरोवर हक्की क्लब विजयी भएका छन् । दुई दिनसम्म सञ्चालन भएको जिल्लास्तरीय हक्की प्रतियोगितामा पुरुषतर्फ रानी सैना हक्की क्लब प्रथम हुन सफल भएको छ भने पञ्चमुखी हक्की क्लब द्वितीय र चंखेली हक्की क्लब तृतीय हुन सफल भएका छन् ।
त्यसैगरी महिलातर्फ मानसरोवर हक्की क्लब प्रथम हुन सफल भएको छ भने रलिङ हक्की क्लब द्वितीय र पञ्चमुखी तृतीय हुन सफल भएका छन् । विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले विजेता टिमलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा महिलातर्फ तुलसी भण्डारी र पुरुषमा उज्जल रावत उत्कृष्ट खेलाडीका रूपमा छनोट हुनुभएको थियो । उहाँहरू दुवैजनालाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताका लागि हक्की संघका अध्यक्ष अनिल शर्मा र प्रमुख प्रशिक्षक विजयन्त शाही पनि काठमाडौंबाट आउनुभएको थियो ।
प्रतियोगिताका लागि पुरुषका चारवटा र महिलाका चारवटा टिमले सहभागिता जनाएका थिए । आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेलहरू हुम्ला जिल्लामा सञ्चालन हुने भएका कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।
यसै प्रतियोगिताबाट कर्णाली प्रदेशको टिम पनि छनोट हुनेछ । हक्की खेलका लागि कर्णाली प्रदेशबाट सबै खेलाडी हुम्ला जिल्लाका रहनुभएको छ । प्रतियोगिता हक्की संघ हुम्लाको आयोजनामा र प्रायोजन कर्णाली प्रदेश खेलकुद परिषद्ले गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच