
काठमाडौं । म्युजिकल फिल्म ‘हङ्कङ र चाइना ३’ प्रिमियर गरिएको छ । उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा विभिन्न झाँकीसहित यो चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाचसहित पाहुनाहरूको स्वागत गरिएको थियो ।
फिल्मको तर्फबाट प्रमुख अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा फिल्म निर्माणमा सहयोग पु¥याउने प्राविधिक, कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मोडल रूपा आङ्वुहाङ लिम्बुले उपस्थित पाहुनालाई सिलाङ साक्मा लगाइदिएर स्वागत गर्नुभएको थियो ।
प्रिमियरमा कोशी प्रदेश सांसद एवं पूर्वप्रदेश मन्त्री निर्मला तावा, अधिवक्ता लीलादेवी बोखिम, नायिका प्रवीन पन्धाक, लिम्बु चलचित्रकर्मी संघका अध्यक्ष सागर केरुङ, नायिका बबिता हाङ, समाजसेवी निर्मात्री तारा सेरेङ, गायिका विष्णु चेम्जोङ, चलचित्र निर्देशक उदय सुब्बा, आदिवासी चलचित्र प्रबद्र्धन समितिका अध्यक्ष ज्योतिराज राईलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वको उल्लेखनीय उपस्थिति थियो ।
चोकफुङ इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको ‘हङ्कङ चाइना ३’मा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा, बिमला इवारम, नैना कला वनेम, रत्न लावती लिङ्देन, उदय बेघालगायत कलाकारको अभिनय छ । चलचित्रलाई लोकेक सावाँ लिम्बुले निर्देशन गर्नुभएको हो ।
पालाम म्युजिकल फिल्मको शब्द गीता पालुङवा, स्वर मनु नेम्बाङ, शिवकुमार सम्बाहाङफे, संगीत संयोजन श्याम आङ्लाको रहेको छ । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सम्पदा लिम्बुले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच