
काठमाडौं । बिबिसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गर्नुभएका साहले काठमाडौंमा तीन शाखा विस्तार गर्नुभएको छ ।
जनकपुर तथा मधेशको मौलिक परिकारको स्वाद काठमाडौंवासीलाई खुवाउने योजनासाथ उहाँले झम्सिखेलमा मिथिला थाली सुरु गर्नुभएकोमा दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो आउटलेट बिहीबारदेखि सञ्चालनमा ल्याउनुभएको हो । नक्साल गैरीधारामा केही दिनमै नयाँ रेस्टुरेन्ट सञ्चालन हुने साहले बताउनुभएको छ । साहका अनुसार गौशालाको आउटलेटमा विशुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गर्न लागिएको हो ।
मिथिला थालीअन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने बताइएको छ । मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रवद्र्धन गर्नु रहेकाले रेष्टुराँमार्फत् मिथिला झल्कने गरी मिथिला कलाले सजाइएको छ । दाजु दिलिप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२० को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को विजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले दाजुसँगै सहकार्यमा रेष्टुराँ विस्तार गर्दै आउनुभएको छ । साहले फुड टुरिजमअन्तर्गत माता सीताको जन्मभूमिको परिकारलाई भगवान् रामको जन्मभूमि भारतको अयोध्यामा पुर्याउने गरी काम भइरहेको बताउनुभएको छ । कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुरेन्ट सुरु गर्ने साहको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच