
भोजपुर । भोजपुरका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि नगर तथा गाउँसभाबाट बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्न सुरु गरेका छन् ।
भोजपुर नगरपालिकाको आइतवार भएको नवौ नगरसभामा आगामी आर्थिक बर्षका लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैया बरावरको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगर प्रमुख कैलाश कुमार आलेले आयतर्फ संघबाट प्राप्त १० करोड ४६ लाख, राजस्व बाँडफाँडबाट १० करोड १५ लाख एक, सशर्त अनुदान संघ ३३ करोड ९० हजार, समपुरक अनुदान एक करोड, प्रदेश सरकार बित्तीय समानीकरण अनुदान ६४ लाख ११ हजार, सवारी साधन करको राजस्व बाँडफाँडबाट एक करोड १२ लाख ७६ हजार, प्रदेश सर्शत अनुदान एक करोड ४९ लाख २२ हजार, प्रदेश समपुरक अनुदानको ९८ लाख, आन्तरिक राजस्व तर्फको अनुमानित आय चार करोड ४० लाख गरी आगामी बर्षका लागि ६३ करोड २५ लाख ९९ हजार एक रुपैया बरावरको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नु भएको थियो ।
यस्तै कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक श्रोत समिति, सामाजिक बिकास समिति, अर्थ तथा सार्वजनिक लेखा समिति, सुशासन तथा स्थानीय सेवा समिति र बिद्यायन समिति तर्फ गरी २१ करोड ८७ लाख ८७ हजार एक रुपैया, वडागत बजेट तर्फ चार करोड ९० लाख तथा सर्शत अनुदान संघ ३३ करोड ९० हजार, समपुरक अनुदान एक करोड, प्रदेश सर्शत अनुदान एक करोड ४९ लाख २२ हजार, प्रदेश समपुरक कोषको ९८ लाख गरी कुल बजेट बरावरको रकम ब्यय तर्फ खर्च हुने पनि नगरसभामा नगर प्रमुख आलेले उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार नगर बिकासको मूल आधार भएकाले सोही अनुसार आगामी आर्थिक बर्षका लागि बजेटको परिधिमा रहेर नीति तथा कार्यक्रम ल्याईएको नगर प्रमुख आलेले बताउनुभयो । “संघ सरकार, प्रदेश सरकार र नगरको श्रोत साधनको आधारमा नगरको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रहरुको बिकासका लागि नीति तथा कार्यक्रम तय गरिएको छ ।” नगर प्रमुख आलेले भन्नुभयो ।
नगरपालिकाले आफना नीति तथा कार्यक्रमहरुमा कृषि, पशुपन्छी बिकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार बिकास, खानेपानी, पर्यटन, सहकारी, युजा तथा खेलकुद, बन तथा बातावरण लगायतलाई समेटेको छ ।
नगरसभामा उपप्रमुख निर्मला शेर्पाले आर्थिक बिधेयक २०८१ र बिनियोजन बिधयेक प्रस्तुत गर्नु भएको थियो । शेर्पाले सभामा पेश गर्नु भएका दुईवटा विधेयकहरु सभासदस्यहरुबाट पारित भएको छ । नगरसभामा सभाका सदस्यहरु, महिला स्वयम सेबिकाहरु, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच