
डडेल्धुरा । डडेल्धुरा जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा ड्रयागन फलको खेती शुरु गरिएको छ ।
जिल्लाको भित्रिमधेश अन्तर्गत आलिताल गाउँपालिका वडा नं. ४ जालटुंडामा कृषक तथा उद्यमी कर्ण बहादुर बोहराले ड्रयागन फलको व्यवसायिक रुपमा खेती शुरु गर्नुभएको हो ।
आलिताल पर्यटकिय क्षेत्र रहेकोले पनि पर्यटक आकर्षण गर्न तथा सुख्खा जग्गाजमिनमा पनि खेती गर्न सकिने ड्रयागन फल करिब एक रोपनीमा ६ लाख लगानी गरि खेती शुरु गरिएको हो ।
१९० बोट रोपेर पहिलो पटक जिल्लामा ड्रयागन फलको व्यवसायिक खेती गरेका बोहराले कृषि ज्ञान केन्द्र डडेल्धुराको वीउमा आर्थिक तथा प्राबिधिक सहयोगमा यो खेती नमूनाको रुपमा गरिएको उहाँले बताउनु भयो ।
ड्रयागन फलको खेती यस वर्षको खडेरीले प्रभावित भएको छ तर पनि कृषक ड्रयागन फल खेतीलाई व्यवसायिक बनाउन र युवालाई कृषिका विभिन्न संभावनातर्फ आकर्षित गर्न मौरीघार उत्पादक तथा कृषक बोहरा प्रेरणाका श्रोत बन्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच