कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने हुनुभएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लाग्नुभएको हो । बैठक अपरान्ह १ बजे बोलाईएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथी विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लाग्नुभएको हो ।

एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेको छ ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको चार र जसपाको एक जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?