खण्डकाव्य ‘प्यारो नेपाल’ सार्वजनिक

Read Time = 1 min
A A- A+

काठमाण्डौ । साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्तरूपमा शनिबार विमोचन गर्दै सार्वजनिक गर्नुभएको हो ।

डा. नेपालले सो कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशा-निराशा, उतार-चढाव, आलस्य-उत्साह आदि सबैप्रतिको कवि दृष्टिले गर्दा यो काव्य केवल भावनात्मक मात्र नभएर स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताउनुभयो । डा. ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्वपूर्ण हुने बताउनुभयो ।

गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाउनुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?