
काठमाडौं । दाङ जिल्लाको हेकुली-२ एकलीमा जन्मिनुभएएका गोविन्द मधुर आचार्य करिब दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । लोकगीत होस् वा आधुनिक उहाँको स्वर र लय जुन गीतमा पनि फिट हुन्छ । विसं २०५/६० सालतिर ‘कान्छीको रुमाल खस्यो पानीमा’ बोलको लोक दोहोरी गीतमा स्वर भरेर उहाँले आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । यही गीतबाट केही सफलता र गायकको पहिचान प्राप्त गर्नुभएका गोविन्द अनवरत संगीत कर्ममा जुटिरहनुभएको छ । नेपाली सांगीतिक क्षेत्रमा करिब ६ सय गीतमा गायन, संगीत र एरेञ्ज गर्नुभएको छ उहाँले ।
गीतकार लोकराज अधिकारीको शब्दमा अञ्जु पन्त र मनोजराजले गाएको ‘मर्छु बरू छटपटीमा तिम्रो सामु पर्दिन म’ गीतमा उहाँले गरेको संगीतले उहाँ संगीतकारको रूपमा झन् बढी चिनिनुभएको थियो । आफ्नै शब्द, संगीत अनि स्वर रहेका उहाँका थुप्रै त्यस्ता गीत छन् जुन लाखौं दर्शक श्रोताको मनको ढुकढुकी बनेका छन् । तीमध्ये ‘तिम्रो भइन भने, चोली फाट्यो कि मेरी आमाको, मलाई दुख्दा रूने त्यो मन, ओइलिएको फूल भयो, फूल भनुँ जिन्दगीलाई, जाउँला कान्छी जलजला’ लगायत गीतहरू अग्रपंक्तिमा छन् ।
सांगीतिक दुनियाँमा जीवनको लामो अनुभव हासिल गर्नुभएका गोविन्दले यसअघि जति गीतसंगीत सिर्जना गरेपनि गीत सफल भए तापनि पछिल्लो समय रिलिज भएको ‘अझै म मरेको छैन’ गीतले गायकको रूपमा परिचय स्थापित गराउनुको साथै सफलताको भोक मेटाइदिएको अनुभव छ उहाँको । यसमा उहाँकै स्वर र संगीत छ । लोक, आधुनिकमात्रै नभएर उहाँको संगीत रहेका थुप्रै चलचित्रका गीतहरूसमेत सांगीतिक बजारमा उपलब्ध छन् ।
राप्ती समाज काठमाडौंको उपाध्यक्षसमेत रहेर कार्यभार सम्हाल्नुभएका आचार्य गीतकार संघ, रोयल्टी संघ, प्रस्तोता नेपाललगायत संघसस्थामा आबद्ध र सक्रिय हुनुहुन्छ । उहाँको सांगीतिक क्षेत्रप्रतिको योगदान र मिहिनेतको कदरस्वरूप तेस्रो राप्ती म्युजिक अवार्ड २०७३ सर्वोत्कृष्ट चलचित्र संगीतकार, चौथो राष्ट्रिय साधना म्युजिक अवार्ड २०८० पब्लिक च्वाइस, तेस्रो नेशनल ब्राण्ड म्युजिक अवार्ड २०८० बेस्ट आधुनिक गीत गायक जुरी अवार्ड, दोस्रो राष्ट्रिय संगीत अवार्ड सर्वोत्कृष्ट गायक आधुनिक अवार्ड, दोस्रो इन्टरनेशनल क्रिएटिभ म्युजिक अवार्ढ २०२४मा बेष्ट मोर्डन सिंगर लगायतका विविध अवार्ड तथा सम्मानबाट विभूषित गरिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच