काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्तासँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था बैंकले मिलाएको हो ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकका ग्राहकले युएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार मेन्टोरल्याब इडिएक्सले प्रवाह गर्ने सेवामा अधिकतम् ६० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
त्यसैगरी गरिमाका ग्राहकले लगनखेल ललितपुरस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम् १५ प्रतिशत र तिलोत्तमा ५ रूपन्देहीस्थित एनजी मार्केटको वस्तु तथा सेवामा अधिकतम् १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच