कपाल झर्ने समस्या समाधानका घरेलु उपाय

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आजकल कपाल सम्बन्धी समस्या सानै उमेरमा देखिन थालेको छ । जाडो याममाकपाल झर्ने र चाया पर्ने समस्याले धेरैलाई पिरोलेको हुन्छ ।

सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । यदि हामी हप्तामा एक दिन मात्र नुहाउँछौँ भने ७ दिनमा ७०० कपाल झर्नुलाई सामान्य मानिन्छ ।

छाला विशेषज्ञहरुका अनुसार खराब जीवनशैली र अस्वस्थ खानपानका कारण कपाल सम्बन्धी समस्या धेरैजसो देखिने गरेको छ । कपालमा केमिकल उत्पादनको प्रयोगले पनि धेरै समस्या निम्त्याइरहेको छ । कपालका लागि आवश्यक पोषक तत्वको कमीका कारण धेरैजसो मानिसहरु कपाल झर्ने र समयभन्दा पहिले सेतो हुने समस्यासँग जुधिरहेका हुन्छन् । यसबाट बच्न तपाईंले आफ्नो खानपान र जीवनशैलीमा केही सकारात्मक परिवर्तन गर्नुपर्छ। यसले कपालको समस्याबाट छुटकारा पाउन सक्छ।

साथै कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनु उपयुक्त हुन्छ। नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि सहयोग पुग्छ।

कपालको समस्या समाधान गर्ने घरेलु उपाय

– टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ नियमित दुई महिनासम्म कागती रगड्नुहोस्। यसो गर्नाले कपाल उम्रिनेछन्।

– कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई विस्तारै–विस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ।

– कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ।

– कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्।

– कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।

– कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा मिसाएर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस्।

– लसुनको तेल लगाउनाले कपाल सुक्खा भएको समस्या हट्छ र कपाल झर्न रोकिन्छ।

– बन्दाको रसले यदि निरन्तर टाउको मालिस गर्नाले कपाल खुइलिने, कपाल टुक्रिने, कपाल झर्ने

– नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिनेछ।

– केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ।

– मौसम परिवर्तन हुँदा यदि कपाल झर्न थाल्छ। यसो हुँदा ताजा सयपत्रीका पात मिचेर १÷२ घण्टासम्म लगाएर धुनुहोस्।

– हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस्। त्यसपछि कपाल पखाल्नुहोस्। यसो गर्दा कपालको जरा बलियो हुन्छ।

– कपाल झर्नबाट जोगाउने नाममा विभिन्न प्रोडक्टहरु प्रयोग गर्नु हुँदैन । यस्ता उत्पादनमा केमिकल हुने हुँदा कपाल झर्ने समस्या बढ्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?