![राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छ : सांसद गुरुङ](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Prithbi-Subba-Gurung.jpg)
काठमाडौं । सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गर्नुभयो । उहाँले किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गर्नुभयो । सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उहाँले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गर्नुभयो । सांसद कोइरालाले गैरकानुनीन रुपमा कामदारका रुपमा इराक पु¥याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच