काठमाडौं । आज (मंगलबार)बाट पारा तथा विशेष खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा एथलेटिक्स, हिृवलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउण्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तोलन समावेश गरिएको छ । यी १३ खेल सम्बन्धित पारा खेल संस्थाको व्यवस्थापनमा उपत्यकाका विभिन्न स्थानमा हुने समितिका सचिव मिनकुमार शर्माले जानकारी गराउनुभयो ।
आज प्रतियोगिताको औपचारिक उद्घाटन मात्र हुनेछ । १५ दिनभित्र सम्बन्धित संस्थाले आ-आफ्नो जिम्मेवारीमा परेको प्रतियोगिता आयोजना गरिसक्नुपर्नेछ । प्रतियोगितामा १२५ स्वर्ण, १२५ रजत र १४३ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच