झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । आज विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कमल गाउँपालिका-२ समायगढ का ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको हो । घरबाट खेततर्फ जाने क्रममा उनलाई चट्याङले लागेको थियो ।

गम्भीर घाइते खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

गौरादह नगरपालिका -८ साविक जुरोपानीका ४२ वर्षीय लिला भनिने विकास गिरीको मृत्यु भएको छ । दुबै घटनास्थल झापा क्षेत्र नम्बर ५ मा पर्छ ।

गौरीगञ्ज गाउँपालिका-३ ठेकिटोलाका सिताराम दाहालको खेतमा धानको बीउ काढ्न जानुभएको गिरीलाई खेतमा नै चट्याङले लागेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?