काठमाडौं । फोनपेले भारतीय यात्रुद्वारा नेपालभरि युपिआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) को प्रयोगमा ठूलो वृद्धि भएको घोषणा गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि युपिआई प्रयोगबाट २५ करोडभन्दा बढी रकमको कारोबार भएको छ र ७७ वटै जिल्लामा एक लाखभन्दा बढी कारोबार भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्तो वृद्धि त्यही समयमा भएको हो, जब धेरै भारतीय पर्यटक नेपाल भ्रमण योजना बनाइरहेका छन् ।
यस वर्ष उच्च संख्यामा भारतीय पर्यटक आउने अपेक्षा गरिएको छ । धेरै भारतीय पर्यटकले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो साहसिक पर्यटनका लागि रोज्ने गरेका छन् । युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ ।
फोनपे नेटवर्कमार्फत् युपिआई भुक्तानीको सजिलो, सुरक्षा र तत्काल सेवाले भारतीय पर्यटकको कारोबारमा वृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ, जसले नेपाल भ्रमण अझ सुविधाजनक र रमाइलो बनाएको कम्पनीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच