कांग्रेसबाटै राष्ट्रपति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रकाशरण महत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षाका लागि पनि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक रहेको बताउनु भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको दाबी गर्नुभयो ।

अन्य दलको पनि समर्थन जुटाउन छलफल भइरहेको जानकारी दिनुभएका उहाँले शुक्रबार साँझ बस्ने बैठकमा प्याकेजमै सहमति हुने दाबी गर्नुभयो ।

राष्ट्रपति पदमा माधवकुमार नेपाल योग्य उम्मेदवार भए पनि अहिले कांग्रेसबाटै राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?