महतलाई कलाकार संघको मानार्थ सदस्यता

Read Time = 1 min

काठमाडौं । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएका गायक प्रेमराजा महतलाई नेपाली कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघले मानार्थ सदस्यता प्रदान गरेको छ ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले एउटा प्रेस विज्ञप्ति जारी गर्दै संगीतकर्मी महतलाई मानार्थ सदस्यता प्रदान गरिएको जानकारी गराउनु भएको हो । अध्यक्ष खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘विदेशमा रहेर पनि नेपाली कला, साहित्य, चलचित्र क्षेत्र र चलचित्रकर्मी, कलाकर्मीका हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका अमेरिकाका लागि नेपाली अवैतानिक महावाणिज्य दूत, लोकप्रिय गायक प्रेमराजा महतलाई कलाकार संघको उच्च सम्मानसहितको मानार्थ सदस्यता प्रदान गरिएको छ ।’ गायक महतले पनि उच्च सम्मानसहित उक्त सदस्यता प्रदान गरेकोमा कलाकार संघ तथा अध्यक्ष खड्काप्रति आभार प्रकट गर्नुभएको छ । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?