
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालय लाम्रामा कार्यरत शिक्षक जयशंकर धिताललाई विद्यालय हाताभित्र कुटपिट गर्नेलाई कारबाही गर्न एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय जुम्लाले माग गरेको छ ।
संगठनका जिल्ला इन्चार्ज राजेन्द्र खत्री र जिल्ला सचिव भिम बहादुर बि.क.ले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनी दिनुभएको छ ।
विज्ञप्तीमा भनिएको छ , “यही असार ११ गते विहान १०ः३० बजे तिर यस एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष जयशंकर धिताललाई श्री दुर्गा माध्यमिक विद्यालय लाम्रा जुम्लामा विद्यालयको पठन पाठनको लागि विद्यालयमा छलफल गर्दे गर्दा अध्यक्ष भनिएका गैर अभिभावक आदी प्रसाद न्यौपाने र शिक्षक टेक बहादुर रोकायाले विद्यालय हाताभित्र संयुक्त रुपमा साङ्घातिक रुपमा आक्रमणगरी कुटपिट गरी घाइते बनाएकोप्रति दोषिलाई कानुनी कार्वाहीको माग गर्दछाैं ।”
त्यस्तै शिक्षक धितालमाथि भएको घटनाप्रति घोर भत्र्सना गर्दछौ । साथै उक्त घटनाको सत्यसत्य छानविन गर्न र दोषिमाथि कडा भन्दा कडा कारवाहीको लागि प्रेस विज्ञप्तीमार्फत नेपाल शिक्षक महासंघ जिल्ला समिति जुम्लाको जोडदार माग गर्दछ जारी विज्ञप्तीमा भनिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच