काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले एसोसिएसनमा आबद्ध १६ विकास बैंकमध्ये अधिकांश विकास बैंकले ‘एनएफआरएस-९’ कार्यान्वयनका लागि आवश्यक पर्ने ‘एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्युसन्स’ खरिद र आपूर्तिकर्तासँग सम्झौता गरी कार्यान्वयन गर्ने आवश्यक कार्यको थालनी गरिसकेको जनाएको छ । बाँकी सदस्य बैंकले पनि २०८१ असारभित्रै उक्त प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक प्रक्रिया अघि बढाइसकेको एसोसिएसनको भनाइ छ ।
एनएफआरएस-९ मा कर्जा जोखिम व्यवस्थापन गर्न अपनाइने विधि र कार्य समेटिएकाले कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ । कर्जा चुक्ता नहुन सक्ने सम्भावना (प्रोब्याबिलिटी अफ डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने सम्भावित रकम (लस गिभन डिफल्ट) र कर्जा चुक्ता नहुन सक्ने सम्भाव्य रकम (एक्सपोजर एट डिफल्ट) लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानी (एक्सपेक्टेट क्रेडिट लस) को गणना गरिन्छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि एनएफआरएस-९ लागू हुने भएकाले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी नेपाल राष्ट्र बैंकले २०८१ जेठ २ गते सोसम्बन्धी मार्गदर्शन जारी गरेको थियो ।
एनएफआरएस-९ लागू गर्न एसोसिएसनले यसअघि ‘इ एण्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीलाई दुईपटकसम्म तीनदिने तालिम कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । एसोसिएसनका अनुसार ‘एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्युसन्स’ खरिद गर्न सम्भावित आपूर्तिकर्ताको पहिचान गर्न एसोसिएसनअन्तर्गत रहेको वित्त उपसमिति, कार्यसमिति र सबै सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको समेत बैठकले स्वदेशी तथा विदेशी फर्म/कम्पनीबाट प्रस्तुतीकरण गराई अध्ययन गरिएको थियो ।
‘एनएफआरएस-९’ लाई पूर्णतया कार्यान्वयनपछि सम्भावित कर्जा नोक्सानीको गणना र उक्त सम्भावित नोक्सानी खाम्न गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरूलाई कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने विश्वास लिएको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत मञ्जिला डंगोलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच