कोहलपुरमा आयुर्वेद अस्पताल सञ्चालन हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुरमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन हुने भएको छ । योग एवं प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरमा निर्माण भएको अस्पताल आगामी फागुनदेखि सञ्चालनमा आउने भएको हो । अध्यक्ष नमप्रसाद शर्माका अनुसार अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको छ । समाजको आगामी सात कार्ययोजनामध्ये आयुर्वेद तथा प्राकृतिक सञ्चालन प्रमुख प्राथमिकताका रूपमा रहेको उहाँले बताउनुभयो ।

‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भएको छ । फागुनबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति र सामग्री व्यवस्थापनका लागि तीनवटै तहका सरकारसँग समन्वय गरिनेछ,’ उहाँले भन्नुभयो, ‘अस्पताल सञ्चालन भएपछि सेवाग्राहीले प्राकृतिक तथा आयुर्वेदिक पद्धतिबाट सेवा पाउनेछन् । पश्चिम नेपालमा नयाँ पद्धतिबाट उपचार सेवा सुरु हुनेछ ।’ अस्पतालले १५ प्रकारका सेवा प्रदान गर्नेछ । ती सेवाहरूमा बिरामीलाई योग गराउने, थेरापी गराउनेदेखि प्राकृतिक पद्धतिबाट उपचार गर्नेसमेत रहेका छन् ।

कार्ययोजनाहरूमा अस्पताल सञ्चालन गर्नेदेखि आयुर्वेदिक तथा प्राकृतिक उपचारका माध्यमबाट गरिने उपचारका फाइदा तथा प्रचारप्रसारका लागि गरिने र अध्ययन अवलोकन भ्रमण गर्नेसम्म रहेका छन् । उहाँले अस्पताल निर्माणका लागि सम्पूर्ण क्षेत्रबाट राम्रो साथ र समर्थन पाएको भन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

अस्पताल निर्माणका लागि अहिलेसम्म तीनवटै तहका सरकार र समाजका तर्फबाट दुई करोड ४४ लाख र समाजबाट ३० लाख गरी जम्मा दुई करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यसमा सबैभन्दा धेरै तत्कालीन लुम्बिनी प्रदेश सदस्य तथा पूर्वमन्त्री आरती पौडेलको पहलमा ९० लाख, त्यसपछि कोहलपुर नगरपालिकाले ७४ लाख र ३० लाख रुपैयाँ निवर्तमान युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पहलमा सहयोग प्राप्त भएको छ । अस्पताल निर्माणका लागि समाजका अध्यक्ष शर्माले मात्रै अहिलेसम्म व्यक्तिगतरूपमा १७ लाख रुपैयाँ खर्च गर्नुभएको छ । समाजको आइतबार दशौँ साधारण सभासमेत सम्पन्न भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?