कविता : मतियार

हिमालय टाइम्स
Read Time = 1 min

✍️ पदम दाहाल

भगवान बनूँ निज भन्दछ क्वै
जनता प्रतिबिम्ब नृसिंह उतै ।
जब भोट लियो विजयी बनियो
तब शेर महोदय चढ्छ उँभो ।१।

जनतासित आँसु सताउँदथ्यो
घर–गाउँ जता पनि धाउँदथ्यो ।
नरमी अति नै अधमी अहिले
नव भ्रष्ट ठसक्क गनाउँछ त्यो ।२।

मतियार बनेर सुसाउँछ कि ?
अगुवा अझ लुट्न सिकाउँछ कि ?
सुन तस्कर मानव तस्कर ऊ
छ कि देश बिकाउन तत्पर ऊ ? ।३।

झुट झेल र खेल कबाफ भरे
पदलोलुप प्राप्ति भयानक रे !
उसभित्र पसेछ कि रौरव त्यो ?
बनियार बनेछ धुतार भुटो ।४।

नवनायक ती मतियार मिलून्
नव निर्मित ती हतियार खुलून्
मुखले नदिऊन् कि कुशासन त्यो
सुख सौखिन जोड कुबेर छिटो ।५।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?