नवलपरासी । पश्चिम नवलपरासीमा नेपालकै सबै भन्दा पहिलो माध्यामिक तह (कक्षा १२ सम्म) सञ्चालनमा रहेको मदरसालाई आर्थिक कै चिन्ता रहेको छ । राज्यले तीन तहका सरकारले चासो नदिँदा मदरसा सञ्चालनमा निकै कठिन भएको हो ।
नवलपरासीका सातै पालिकाहरुका विद्यार्थीहरु, रुपन्देहीको बुटवल र भैरहवा तथा कपिलवस्तु गरि तीन जिल्लाका विद्यार्थीहरु पढ्न मदरसाको संचालनमा निकै कठिन रहेको मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालयका प्राध्यानाध्यापक अमिर आजम मियाले बताउनु भयो । "विद्यार्थीहरुको चाप क्रमश बढेको मदरसामा राज्यको तर्फबाट दीर्घकालीन योजना नै नदेखिनु चिन्ताको बिषय हो ।" मियाले भन्नुभयो ।
जिर्ण भौतिक सरचना, दक्ष शिक्षकको अभाव, न्युन पारिश्रमिक जस्ता समस्यले गर्दा मदरसा संचालनमा कठिन रहेको छ ।
प्रतापुपर ६ हरपुर नवलपरासीमा २०६४ सालमा स्थापना भएको यस मदरसामा हाल ३ सय ८५ जना विद्यार्थीहरु पढिरहेका छन् । अहिले विद्यार्थीहरुले नेपाली, अङ्ग्रेजी, गणित र बिज्ञान, अरबि, उर्दु र दिनियात जस्ता बिषयहरु पढाई भइरहेको छन । एउटा शिक्षकले अहिले ७ वटा घण्टी लगातार पढाउनु पर्ने बध्याता रहेको छ ।
मदरसामा पठनपाठन गराउने भवन र छात्रावास जिर्ण रहेकोले सघिय सासद सरिता भुसालले आगामी आर्थिक बर्षका लागी एक करोड रुपैया बजेट बिनियोजन गरेको बताउनु भयो । " यो मदरसा नवलपरासी मात्रै होइन देशको सान हो तर राज्य तवरबाट धेरै सहयोग गर्नु पर्ने आवश्यकता छ । मैले स्थलगत अवलोकन गर्दा भौतिक सरचना अत्यन्तै जिर्ण देखेकोले अगामी बर्षको भवन बनाउनका लागी बजेटको व्यवस्थापन गरेकि हु ।" भुसालले भन्नुभयो । राज्यले मदरसाको भौतिक र शैक्षिक एब ब्यवस्थापनको अपनत्व लिएर काम गर्नु पर्ने भुसालको भनाइ छ ।
आगामी बर्षका लागी संघीय सरकारबाट एक करोड रुपैया परेपछि भवनको व्यवस्थापन हुनेछ । त्यसले भवन त बन्ला तर शिक्षक तथा धार्मिक गुरुहरुलाई पारिश्रमिक कसरी दिने ? मियाको प्रश्न छ । "अहिलेसम्म धकेलेर पढाई राखेका छौं । दक्ष शिक्षक र धर्म गुरुहरु पाउन कठिन छ । बल्लबल्ल पायो हामीले दिने पारिश्रमिकका कारण आउन नै चाहान्नुहुन्न " मियाले भन्नुभयो ।
गत बर्ष संघीय सरकारले १० लाख अनुदान दिएको मदरसामा लुम्बिनी प्रदेशबाट कुन पनि सहयोग नभएकोमा मियाले चिन्ता व्यक्त गर्नु भयो ।" देशकै गहनाको रुपमा रहेको मदरसालाई सरकारले कुनै पनि चासो दिएको छैन । सरकारले अपनत्व लिनुपर्छ ।" मियाले भन्नु भयो । चालू आर्थिक बर्षमा प्रतापपुर गाउपालिकाले २ लाख र वडा नम्बर ६ ले ४ लाख रुपैयाँ मदरसा शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि अनुदान दिएको थियो । त्यस्तै पालिकाले रातिको समयमा रेखदेख गर्ने कर्मचारी (रात्रि पाले) र एउटा सहयोगी शिक्षक उपलब्ध गराएको मियाले उल्लेख गर्नु भयो ।
नेपालमा नै पहिलो १२ कक्षा सम्म पहिले हो । ०७८ देखि कक्षा १२ को सुरु अध्ययन सुरु भएको मदरसामा २ वटा ब्याचले कक्षा १२ को परीक्षा दिएका छन् । पश्चिम नवलपरासीमा करिब ४२ वटा मदरसाहरु रहेकोमा सबै भन्दा धेरै पल्हीनन्दनमा १४ वटा त्यसपछि प्रतापपुरमा ६ वटा मदरसा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच