![बुद्धवीर र धर्मलाई स्वर्ण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/buddhabir-ra-dharma.jpg)
काठमाडौं । सन् २०१६ देखि नेपालमा हुँदै आएको सौन्दर्य प्रतियोगिता मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ । यस वर्षबाट यो प्रतियोगिता एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो । यसअघि काठमाडौं केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षबाट भने देशव्यापी बनाउने तयारी गरिएको छ ।
आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् । उहाँका अनुसार यो प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागी हुन सक्नेछन् । यस्तै उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनका लागि प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने जनाइएको छ । नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ । असार २४ इन्द्रेणी स्विट्स होटल बानेश्वर अडिसनमा हुँदैछ भने प्रतियोगिताको ग्राण्ड फिनाले काठमाडौंमा नै गरिनेछ ।
छनौट प्रक्रिया अगाडि बढेपछि सहभागीका लागि देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ । सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा निर्णयकको मूल्यांकन र भोटिङबाट तीनजना विजेता घोषणा गरिने आयोजकले उल्लेख गरेको छ ।
फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेष्टिभल’ मा सहभागी जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच