![सिटिजन्सलाई टेस्ला क्लिनिकमा छुट](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/citizen.png-tesla.png)
काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी निरुत्साहित हुने काम आयोगले नगर्ने बताउनुभएको छ । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को बधाई ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको भन्दै दुर्ई ठाउँबाट हुँदै आएका समान प्रकृतिका कामको जिम्मा कुनै एउटैमात्र निकायलाई दिइने बताउनुभयो ।
आरसिओडी म्याद थपका विषयमा विद्युत् प्राधिकरणमा र धितोपत्र निष्कासनको जिम्मा सेबोनमा दिन सकिने विषयमा आयोगले पुनर्विचार गर्ने पनि बताउनुभएको छ । निजी क्षेत्रसँग रहेको धेरै मानव पुँजी आयोगले पनि प्रयोग गर्ने सोच बनाएको उहाँको भनाइ थियो । प्रसारण लाइनमा खुला पहुँचको विषयमा एक महिनाभित्र सार्वजनिक सुनुवाइ गर्नेे, विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) समस्या समाधानका लागि स्ट्याण्डर्ड युनिफरमिटी बनाएर सरकार र निजी क्षेत्र दुवैलाई बाध्यकारी बनाइने पनि उहाँले बताउनुभयो ।
इप्पान अध्यक्ष गणेश कार्कीले आयोगले बनाउने पाँचवर्षे कार्ययोजनामा निजी क्षेत्रका केही सवाल सम्बोधन गरिदिन आग्रहण गर्नुभएको थियो । विद्युत् आयोजना पूर्ण क्षमतामा चल्ने वर्षाको समयमा प्राधिकरणले विद्युत् खरिद नगर्दा आयोजनाको वित्तीय अवस्था कमजोर भएको र सर्वसाधारण सेयरधनीमा पनि जलविद्युत् कम्पनीले लाभांश दिन सक्दैनन् भन्ने गलत सन्देश गएको उहाँले बताउनुभयो ।
गत जेठमा नेपालमा सञ्चालित कुनै पनि जलविद्युत् आयोजनाले पूर्वनिर्धारित विद्युत् उत्पादन गर्न नसकेको भन्दै अध्यक्ष कार्कीले मौसम परिवर्तनका कारण सिर्जित काबुबाहिरको परिस्थितिमा कुनै पनि आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने र इनर्जी टेबल परिमार्जन गर्न पाउने व्यवस्था गर्न अध्यक्ष धिताललाई ध्यानाकर्षणसमेत गराउनुभयो । यसअघि आयोगले १० मेगावाटसम्मका आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने निर्णय गरेकोमा सबै आयोजनामा पेनाल्टी खारेज गरिनुपर्नेमा उहाँको आग्रह थियो ।
आयोगका नवनियुक्त सदस्य डा. मधुसुदन अधिकारीले आयोगले व्यक्तिविशेषभन्दा पनि समग्र पक्ष हेरेर काम गर्ने बताउनुभयो भने अर्का सदस्य झमकप्रसाद शर्माले इप्पानले आयोगबाट राखेका अपेक्षाको सम्बोधन गर्दै सामाजिक न्यायको सिद्धान्तमा रहेर निर्णय लिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच