गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका-३ मा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अजिरकोट गाउँपालिका-२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङको भच्चेक स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?