![‘एमसिसी’ र ‘बिआरआई’ बारे सांसदहरू विभाजित](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Member-of-Parliament-in-the-Federal-Parliament-House-of-Representatives-Hita-fornt-page.jpg)
नेपाल-भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी दुई देशबीचको १७ सय किलोमिटर लामो खुला सिमाना पनि हो । नेपालको पूर्वी, दक्षिणी र पश्चिमी सीमा क्षेत्र भारतसित जोडिएको छ । दुवै देशका सीमावर्ती जनताबीच घनिष्ठ पारिवारिक सम्बन्ध छ र दुवै एकअर्काका निम्ति अभिन्न हुन् । त्रेतायुगमा अयोध्याका राजकुमार प्रभु श्रीराम र मिथिलाकी राजकुमारी जानकीको विवाह भएदेखि नै यो सम्बन्ध नेपालको राजपरिवार हुँदै सामान्य परिवारसम्म पुगेको छ । धार्मिक र सांस्कृतिक अन्तरनिर्भरता तथा समानताका कारण पनि यी दुई देशका जनता एक-अर्काविना बाँच्न सक्दैनन् ।
नेपालका कतिपय वामपन्थी दलहरू, वाम बुद्धिजीवी एवं विश्लेषक तथा धरातलीय यथार्थलाई नबुझेकाहरू नेपाल-भारत खुला सिमानालाई बन्द गर्ने र नियमन गर्ने जस्ता विषय संसद्मा समेत उठाउने काम गर्दछन् । राजधानी काठमाडौंमा बस्नेहरूले केवल आफ्नो आँखाले हेरे–बुझेसम्मलाई मात्रै खुला सिमाना र नेपाल-भारत सम्बन्धलाई परिभाषित गर्ने प्रयास गर्दछन् भने यसबाट सत्यको नजिक पुग्न सकिँदैन र हामी आफ्नै अहित गर्नेछौँ । खुला सिमानालाई बन्द गर्ने अथवा नियमन गर्ने विषयमा पुग्नुभन्दा पहिले जनस्तरमा स्थापित सम्बन्धको गहिराइ एवं बाध्यतालाई बुझ्नु आवश्यक छ ।
नेपाल-भारत सम्बन्धको भौगोलिक अवस्थिति, ऐतिहासिक तथा सामाजिक एवं सांस्कृतिक कारणको अन्तरसम्बन्धलाई नबुझिकन भावावेशमा आएर सन्धि खारेज गरी नयाँ प्रावधान लागू गर्ने अथवा खुला सिमाना बन्द र नियमनको कुरा गर्नेहरूले यथार्थलाई बुझ्न सकेका छैनन् ।
नेपाल-भारत सम्बन्धको भौगोलिक अवस्थिति, ऐतिहासिक तथा सामाजिक एवं सांस्कृतिक कारणको अन्तरसम्बन्धलाई नबुझिकन भावावेशमा आएर सन्धि खारेज गरी नयाँ प्रावधान लागू गर्ने अथवा खुला सिमाना बन्द र नियमनको कुरा गर्नेहरूले यथार्थलाई बुझ्न सकेका छैनन् । रोजीरोटीको सानोतिनो काम खोज्दै हरेक सिजनमा नेपालबाट भारत अथवा भारतबाट नेपाल आउने-जाने जनसाधारण भनेको हाम्रो सम्बन्धको महत्वपूर्ण एवं बलियो कडी हो । नेपाल-भारत सम्बन्धलाई पनि विश्वका अन्य कुनै देशबीचको सम्बन्धझैँ केवल कूटनीतिक आधारमा मात्रै बुझ्न थाल्ने हो भने त्यसले अर्थ भन्दा बढी अनर्थ निम्त्याउने छ । सीमाबन्द गर्ने, सन्धि खारेज गर्ने अथवा सम्पूर्ण रूपमा भिसा लागू गर्नुपर्ने आदि माग गर्नेहरू द्वीपक्षीय सम्बन्ध तथा जनताको पनि विरोधी हुन् ।
विगत १७-१८ वर्षमा नेपालमा वितरण गरिएका सनातनकालदेखि चल्दै आएको यो सहज, स्वतन्त्र र खुला आवागमनको परिपाटी अध्ययन गर्नुलाई पनि रोचक मानिन्छ, साथै यो एउटा सम्वेदनशील विषय पनि हो । नेपाल एवं भारतबीचको खुला सिमाना भनेको दुवैतर्फ सीमावर्ती बिन्दुका लागि लाइफलाइन नै हो । दिनहुँ हजारौँ भारतीय तथा नेपालीहरू सीमावारी पारी औषधोपचार, दैनिक प्रयोजनका खाद्यान्न, लत्ताकपडा, तरकारी, कृषिजन्य सामग्री, न्यूनतम र आधारभूत आवश्यकताको पूर्तिका लागिसमेत आउजाउ गर्ने गर्दछन् । रोटीबेटीको सम्बन्धदेखि लिएर जनजीविकाको धेरै सानो व्यवहार पनि यसमा गाँसिएको छ । दुवै देशका राजधानीको बुझाइभन्दा धरातलीय यथार्थ बिलकुलै फरक छ । यस कारण पनि सीमाबन्द गर्ने तथा खुला सिमाना प्रतिबन्ध लगाउने कुरालाई कुनै पनि जिम्मेवार एवं संवेदनशील व्यक्तिले समर्थन गर्न सक्दैन ।
खुलासिमाना नियमनको कुरा गर्नेहरू के पनि तर्क अघि सार्दछन् भने भारतमा जति नेपाली गए पनि समुन्द्रमा पानी मिसिएसरह हुनेछ तर नेपाललाई भने जनसंख्याको चाप थेग्न गाह्रो हुनेछ । नेपाल एवं भारतबीचको सन् १९५० को सन्धिको समीक्षाको लागि गठित प्रबुद्ध व्यक्ति समूहका सदस्यमध्येको एक डा.बिसी उप्रेतीका अनुसार भारतमा रहेका अथवा आउँदै गरेका नेपालीको पहिचान गर्न यहाँ मुस्किल छ । उनको विचारमा उत्तराखण्डदेखि मुम्बईको एउटा कुनो अथवा पश्चिम बंगालदेखि कर्नाटकको कुनासम्म नेपालीहरू स्थायी वा अस्थायी रूपमा बस्दै आएका छन् र यिनीहरू ठूलो संख्यामा छन् ।
एक अमेरिकी राजनीतिशास्त्री माइनरविनरले पाँच दशकअघि नै भनेका थिए कि भारतले नेपालको जनसंख्याको दबाब खेपेकोले एक सेफ्टी भल्भको काम गरेको छ, भारतबाट नेपाल जानेको हकमा प्रायजसो अस्थायी रोजीरोटीका लागि र सीमावर्ती निश्चित क्षेत्रमा बढी आवतजावत हुने गरेको पाइन्छ । विगतका दिनमा नेपालमा शैक्षिक सूचकांक कम रहेको र प्राविधिकसहितका विषयमा जानकार कम रहेका कारण गणित, विज्ञानका शिक्षक, जेटिएहरू पहाडको कुना कुनासम्म भेटिए तर अहिले आएर हामीकहाँ पनि शिक्षाको स्तरमा निकै सुधार भएकोले अब त्यस्ताखाले भारतीय जनशक्तिको प्रभाव निकै घटेको छ । नेपालमा नागरिकताको प्रावधान लागू गरिएका कारण भारतीयहरू व्यापारतर्फ र जागिरका लागि नेपाल आउने र बस्ने प्रश्न नै रहेन ।
भारत सरकारले आफ्नो देशमा गरिब एवं कमजोर वर्गका व्यक्तिहरूका लागि अनेकौं लाभकारी योजनाहरू सञ्चालनमा ल्याएको कारण पनि अब निम्न तथा निम्नमध्यम वर्गीय भारतीय नेपाल आउन छोडेका छन् । विगत १८ वर्षमा वितरण गरिएका ३० लाखभन्दा बढी नागरिकता प्रमाणपत्रहरूमध्ये पौने दुई लाखले मात्रै जन्मको आधारमा नागरिकता लिएको नेपालको गृहमन्त्रालयको रेकर्ड छ । जसमध्ये अधिकांश त राजनीतिक रूपले सचेत झापा र मोरङबाट लिएका छन् । त्यहाँ कतै रोहिंग्या शरणार्थीले त नागरिकता लिएनन् भन्ने आशंका पनि छ । नेपालका कतिपय कथित राष्ट्रवादीहरू मनोगत रूपमा नागरिकताको तथ्य र तर्कलाई बङ्ग्याई प्रस्तुत गर्ने काम गर्दै आएका छन् । यस्ता व्यक्तिहरूको निहित स्वार्थ भनेको जनतालाई भ्रममा पार्नु, देशवासीबीच विवाद र कटूता उत्पन्न गर्नु र आफ्नो राजनीतिक हित पूरा गर्नु हो ।
नेपालबाट तराई-मधेसका कृषिमजदुरदेखि लिएर पहाडी जिल्लाहरूका निम्न आर्थिक स्तरका तथा गरिबहरू आफ्नो जीविकोपार्जनका निम्ति लाखौंको संख्यामा वर्षेनी भारत आउजाउ गर्ने गरेका छन् । भारतमा असंगठित मजदुरको रूपमा काम गरिरहेका लाखौं नेपाली युवाहरूले त्यहाँ जान र जागिरको अवसर पाउनुको मुख्य कारण खुला सिमाना र नेपालभारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धि हो । भ्रष्टाचार गरेर करोडौं, अर्बौ बुझाएका र सधैं नै सत्ताको वरिपरि जुका झैँ टाँसिएर देशलाई आर्थिक रूपले कंगाल बनाएकाहरू मात्रै सर्वसाधारण नेपाली जनताको हितविपरीतको काम गर्छन् ।
प्रहरी प्रशासनको परोक्ष समर्थनविना तस्करी सम्भव छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त खुला सिमाना छैन । एक क्विन्टलसम्म सुनको तस्करी कसरी हुन्छ ? उत्तरी सिमानामा त खुला सिमाना छैन तर सुन तस्करी, डलर तस्करी, यार्सागुम्बाको तस्करी कसरी सम्भव हुन्छ ?
नेपालबाट भारतमा गई जीविकोपार्जन गरेकाहरूमध्ये अधिकांश पश्चिम र सुदूरपश्चिमका पहाडी जिल्लाका नेपालीहरू छन् जो वैदेशिक रोजगारमा पनि जान सकिरहेका छैनन् । गरिब र निम्नमध्यम वर्गीय नेपालीहरूले आफ्नो जीविकोपार्जनका लागि जाने ठाउँ भनेको सीमापारि भारत नै हो । सिमावर्ती भारतका पनि हजारौं कामदार मजदुरहरू नेपाल आउजाउ गर्ने गर्दछन्, यहाँ काम पनि गर्छन् ।
एसियाली विकास बैंकको स्थानीय निर्देशकको रूपमा नेपालमा चार वर्ष समय बिताएका रिचर्ड मोक्सले एक पटक भनेका थिए कि नेपालभारत खुला सिमाना नेपालका लागि अवसर बढी र चुनौती कम हो । नेपालले चाहृयो भने यस चुनौतीलाई पनि अवसरमा परिणत गर्न सक्दछ । कतिपयले खुला सिमानाका कारण अपराध र तस्करी जस्ता घटना हुने तर्क अघि सार्दछन् । दक्षिण सिमाना र मधेसका गाउँ गाउँ टोल टोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान तैनाथ छन् । दक्षिण सिमानाभन्दा १०० मिटरको दुरीमा नेपालतिर तीन तीन ठाउँमा चेक जाँच हुन्छ र पनि खतरा छ ?
प्रहरी प्रशासनको परोक्ष समर्थनविना तस्करी सम्भव छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त खुला सिमाना छैन । एक क्विन्टलसम्म सुनको तस्करी कसरी हुन्छ ? उत्तरी सिमानामा त खुला सिमाना छैन तर सुन तस्करी, डलर तस्करी, यार्सागुम्बाको तस्करी कसरी सम्भव हुन्छ ? माओवादीको सशस्त्र युद्धमा विकट हिमाली जिल्लामा भएका हिंसा र अपराधको निम्ति खुलासिमाना त जिम्मेवार थिएन नि ? खुला सिमानाको नकारात्मक पक्षतिर ध्यान दिनुभन्दा यसको सकारात्मक पक्षमा ध्यान दिनु आवश्यक छ ।
समस्या त्यति बेलामात्रै उत्पन्न हुन्छ जति बेला कुनै पनि मुद्दालाई जब अप्ठ्यारो बुझाई र अर्थमा प्रस्तुत गर्ने गरिन्छ तर जब हामी सहज भएर हेर्छौं भने यसमा कहीँ पनि समस्या रहेको पाइँदैन । कुनै पनि विषयलाई कसरी ग्रहण गर्ने भन्ने तरिकामा पनि यो निर्भर गर्दछ । गलत धारणाका कारण नै यदाकदा विवाद र विगतको अवस्था उत्पन्न भइआएको छ । हामीबीच समस्या कहीँ पनि ठूलो र जटिल छैन तर असमझदारी र अविश्वास बढी छ । यो नै समस्याको मूल कारण हो । खुला सिमानाका सकारात्मक पक्षबारे चर्चा हुन आवश्यक छ । केवल नकारात्मक सोचले समस्या समाधान कदापि हुन सक्दैन । खुला सिमानालाई वरदानको रूपमा विकसित गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच