काठमाडौं । काठमाडौं महानगरपालिका वडा १७ ले १८औं पुरूष तौलसमूह तथा १७औं महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ एपिएफका स्वर्ण विजेता अनिसा तामाङ, रजत विजेता सुमित्रा नगरकोटी, कास्य विजेता रिना माझी र वेष्ट फाइटर कविता मुक्तानलाई क्रमशः १० हजार, पाँच हजार, दुई हजार पाँच सय र एक हजार पाँच सय नगदसहित सम्मान गरियो ।
कामनपा प्रवक्ता एवं १७ वडा अध्यक्ष नवीन मानन्धरले खेलाडीलाई एक कार्यक्रमबीच सम्मान गर्नुभयो । सोही अवसरमा सिम्रिक युवा क्योकुसिन कराते डो संघ वज्रलाई पाँच लाख रुपैयाँबराबरको म्याट सहयोगस्वरुप हस्तान्तरण गरिएको थियो । प्रवक्ता मानन्धरले नेपाल क्योकुसिन कराते डो संघ वज्रका उपाध्यक्षसमेत रहनुभएका सिम्रिका अध्यक्ष पुष्पमान माननन्धरलाई म्याट हस्तान्तरण गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच