![दाङमा पौने तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/briksha-ropan.jpg)
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले मनसुन म्याजिक नामक क्याम्पेन ल्याएको छ । क्याम्पेन अन्तर्गत ग्राहकले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्नेछन् । ‘भोक र झरी ? डन्ट वरी.....बिकज फुडमान्डु’मा अफर असारै भरी भन्ने सन्देशका साथ फुडमान्डुले ग्राहकलाई ७० प्रतिशत प्रदान गर्ने भएको छ ।
साथमा सेल्स अफरअन्तर्गत ग्राहकले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफर काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टबाट पाउन सक्नेछन् । फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर ईनेशा भट्टराईले भन्नभयो, ‘यस क्याम्पेनमार्फत मनसुनको समयमा हाम्रा ग्राहकलाई यस्ता अफर प्रदान गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।
हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकलाई सेवा दिने प्रयासमा निरन्तर नै लागिरहेका हुन्छौँ । ‘मनसुन म्याजिक’ ले ग्राहकलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौँ ।’ सेल्स अफरका साथै फुडमाण्डुले मनसुन म्याजिक नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ, जसअन्तर्गत ग्राहकलाई ४० प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ । क्याम्पेन असार १४ देखि असार ३१ सम्ममात्र लागु हुुने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच