मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सुर्खेतमा रिङ रेस्लिङ प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा दोश्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त हुने भएको छ । उक्त प्रतियोगिता १३ जेठमा सुर्खेतमा हुने भएको छ ।

७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुदअन्तर्गत रेस्लिङको दोश्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ संघकी महासचिव समेत रहनुभएकाे एकेडेमीकी केन्द्रीय उप–महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा लाइट वेटतर्फ सिजे वल्र्ड र कम्व्याटको भिडन्त हुने छ । यसका साथै महिलातर्फ तन्नु र आकृती भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोबीच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइट वेटमा डेभिडले र साइनको सामना गर्नेछन् । त्यस्तै नुवाकोटे टाइगर र किङ रोर्वोटबीच हेभीवेटमा भिड्ने छन् ।

लाइट वेटतर्फको विजेताले नगद ५० हजार, ट्याग टिम च्याम्पियनले नगद ५० हजार, लेडिज वेट च्याम्पियनले नगद ६० हजार, मिडल वेट च्याम्पियनले नगद ७० हजार, हार्डकोर च्याम्पियनले नगद ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्ने छन् ।

उप–महासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससंगै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?