गठबन्धनले मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप

हिमालय टाइम्स
Read Time = 3 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मंसिर ४ गते सम्पन्न भएको निर्बाचनमा सोरु गाँउपालिकाको पाँच वटा मतदान केन्द्रमा गठबन्धनले मतदान केन्द्र कब्जा गरेको एमालेले आरोप लगाएकाे छ ।

बुधबार बिहान ८ बजे मुख्य निर्बाचन कार्यालय अगाढी नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यकाउम्मेदवार राजबहादुर कार्की र प्रदेश निर्बाचन क्षेत्र (ख) का उम्मेदवार कर्ण बहादुर मल्लले पत्रकार सम्मेलन गरी गठबन्धनले सोरु गाँउपालिकाको पाँच मतदान केन्द्रलाई आफनो कब्जामा लिएर एक तर्फि मतदान गरेको आरोप लगाएका हुन् ।

काठमाडौ र बिदेशमा रहेका साथै मृत्यु भएका मतदाताहरुको मतदान गठबन्धनका नेता कार्यकर्ताले सोरु गाँउपालिकाको १,२,४,५ र ६ वडाका पाँच मतदान केन्द्र कब्जामा लिएर एक तर्फि मतदान गरेको उक्त मतदान केन्द्रमा रहेका आफ्ना पार्टी प्रतिनिधिलाई मार्ने धम्कि समेत दिदै मतदान केन्द्र कब्जामा लिएको पत्रकार सम्मेलनमा एकालेका प्रतिनिधि सभा उम्मेदवार राजबहादुर कार्कीले बताउनुभयाे ।

यि मतदान केन्द्रमा गठबन्धनले बिहान मतदान सुरु भए देखि मतदान सकिदा सम्म मतदान केन्द्र आफनो कब्जामा लिएर जिल्ला बाहिर र बिदेशमा रहेकाहरुको समेत मतदान भईरहेको साथै आफ्ना ति मतदानकेन्द्रमा रहेका प्रतिनिधिहरुलाई मार्ने धम्कि दिएको जानकारी बिहानै मुख्य निर्बाचन अधिकृतलाई जानकारी दिएको भए पनि आफुले दिएको जानकारीलाई बेवास्ता गरेकाे एमालेका प्रदेश उम्मेदवार कर्ण बहादुर मल्लले बताउनुभयाे ।

जिल्लाका सबै मत पेटिका मंगलबार सम्म पुगिसकेका भएपनि सर्बदलिय बैठकमा एमालेले यि मतदान केन्द्रमा पुन निर्बाचन गर्नु पर्ने अडानले मंगलबार राति बाटै मत गणना गर्ने तालिका बनाएको भएपनि मंलबार राति अबेर सम्म सहमति नहुदा बुधबार बिहान ८ः ३० बजेबाट मतगरणना भएको छ ।
सोरु गाँउपालिकाका पाँच मतदान केन्द्र गठबन्धनले कब्जा गरेको भन्दै मुख्य निर्बाचनअधिकृत कार्यालयको परिसरमा पत्रकार सम्मेलन गर्दै एमालेका उम्मेदवार ।

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
अनुज
अनुज
2022-12-06 8:37 pm

हुने हार दैब नटार 😎😎हारी सकेपछि ठुलो कुरो गर्नु हुदैन पारा😆😎😎

रिलेटेड न्युज

छुटाउनुभयो कि ?