विगत लामो समयदेखि कृषिजन्य व्यवसाय सलग्न वसन्त मरहठ्ठा गोर्खा एग्री ग्रुपका अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत परिषद्को उपसभापतिसमेत हुनुहुन्छ । गोर्खा ग्रुप अन्तर्गका विभिन्न कम्पनीमार्फत खागसरी कृषि यान्त्रिकीकरण, मल, विषादी र बीउ बीजन लगायतको कारोबार गर्दै आउनुभएका मरहठ्ठा आयातित कृषिजन्य सामग्रीमा सरकारले अधिक कर असुल्ने नीति लिएका कारण किसान र कृषि क्षेत्र निरुत्साहित हुँदै गएको बताउनुहुन्छ । सरकारले कृषिलाई उच्च प्राथमिकता दिइएको बताउने गरे पनि अख्तियार गरेका नीतिगत व्यवस्थाले कृषि क्षेत्र प्राथमिकतामा रहेको नदेखिएको उहाँको भनाइ छ । प्रस्तुत छ, धान दिवसका अवसरमा अध्यक्ष वसन्त मरहठ्ठासँग हिमालय टाइम्सका लागि गरेको संबाद :-
नेपालमा बीउ बीजनको अवस्था के छ ?
हाम्रोमा बीउ बिजनको खासै धेरै उत्पादन छैन । धेरैजसो आयातमै निर्भर रहनुपर्ने अवस्था छ । प्रमुख खाद्यान्न बाली धान, मकै र गहुँको बीउ आयात कम भए पनि तरकारीको बीउ भने धेरै आयात हुने गरेको छ ।
प्रमुख खाद्यान्न वालीको बीउको आयात कति छ ?
धान, मकैको बीउ दुइ हजार पाँच सय टन हाराहारी आयात हुन्छ भने गहुँको बीउ आयात हुँदैन । गहुँको बीउ यहीको प्रयोग हुन्छ । तर, भिजिटेवल सीड भने झण्डै ८० प्रतिशतभन्दा आयात हुने गरेको छ ।
तरकारीको बीउ पनि यही उत्पादन गर्न सकिँदैन र ?
बीउ उत्पादन र विकास लागि रिसर्च आवश्यक पर्छ, तर हाम्रोमा रिसर्चमा सरकारको खासै लगानी छैन । किसानले धेरै उत्पादन दिने हाइब्रीड जात खोज्छन्, हाम्रोमा हाइब्रिड जात छैन, हाम्रोमा स्थानीय र उन्नत जात मात्रै छन् । धान त अहिलेसम्म एउटामात्रै हाइब्रिड जात विकास भएको छ । मकैको हाइब्रिडमा भने हाम्रो गोर्खा सिड कम्पनी र अन्य केही कम्पनीले काम गरेका छन् । करिब १५० देखि दुईसय टन हाराहारीमा हाइब्रिड जातको मकै उत्पादन हुने गरेको छ भने झण्डै २५ सय टन जति आयात नै हुन्छ ।
बीउ आयात बढ्दो क्रममा छ कि घट्दै छ ?
विगत तीन चार वर्षयता धान र मकै आयात खासै बढेको देखिँदैन तर तरकारी भने अधिकांश आयात हुने गरेको छ । धेरैजसो त तरकारी बीउ अवैध रूपमा आयात हुने गरेको छ । तरकारीमा हाम्रो हाइब्रिड भनेको टमाटरको एउटा जात मात्रै छ । अन्य तरकारीको छैन, अरु सबै तरकारीका हाइब्रिड आयात हुने हो । किसानमैत्री बीउ बिजन नीति नहुँदा अवैध आयात बढेको छ । हालै मात्र बीउ बिजन ऐन संशोधन भएर आएको छ । बीउ बिजन नियमावली निर्माणको क्रममा रहेको छ, अहिले कानुन मन्त्रालयमा पुगेको छ । नियमावली आएपछि आगामी एकवर्षभित्र तरकारीका बीउहरू लिगल ट्रेड मा आउला भन्ने अपेक्षा छ ।
कतिपय आयातित बीउमा समस्या देखिने गरेको छ, खासगरी धान र मकैमा दाना नलाग्ने समस्या छ नि ?
भेराइटीकै कारण धान मकैमा क्षति भएको होइन, मौसम र स्थानका कारण क्षति भएको हो । किनभने धान र मकैमा जातको अवैध आयात छैन, टेष्टिङ भएरै आउने हो ।
खाद्यान्न र तरकारीका जातहरू कहाँबाट आउँछन् ?
खासगरी भिजिटेवल सिड जापान, कोरिया, थाइल्याण्ड, चीन, भारत र न्युजिल्याण्ड र इटलीबाट आयात हुन्छ । मकै शतप्रतिशत भारत र धान भने धेरैजसो भारत र केही चीनबाट आयात हुने गरेको छ ।
बीउ आयातमा धेरै खर्च हुने रहेछ नि ?
हुन्छ तर बीउ आयातमा हुने खर्चलाई निगेटिभरुपमा लिनु हुँदैन । किनभने फ्रेस उत्पादन नै आयात गर्नुपरेको भए अझै कति खर्च हुन्थ्यो होला ? विगतमा कुनै तरकारी खानुपरेमा सिजन कुर्नुपथ्र्यो तर अहिले पैसा भए वर्षैभरि पाइन्छ । काँक्रो खान सिजन कुर्नुपथ्र्यो, अहिले सधैँ पाइन्छ । वास्तवमा, हाम्रो भेराइटी विकास नभएका कारण तरकारी बीउ आयात बाध्यता हो । भेराइटी विकासमा विश्वको तुलनामा हामी धेरै पछाडि छौँ । हाम्रो बजार पनि सानो भएकोले रिसर्चमा ठूलो लगानी अनुसारको प्रतिफलको कुरा पनि आउँछ । तरकारीकै ५३, ५४ भेराइटी छन्, सबै जात हामीले विकास गर्न सम्भव छैन, गरे पनि निश्चित जातमा गर्नुपर्ने हुन्छ । अहिले हामीलगायत तीन निजी कम्पनीले भेराइटी विकासको स्वीकृति पाएका छन् । यसअघि निजी क्षेत्रले भेराइटी विकास गर्न पाउँदैनथे ।
सरकारले आगामी बजेटमा पनि कृृषिलाई प्राथमिकता राखेको छ, बजेटबारे यहाँको धारणा चाहिँ के छ ?
कृषिलाई प्राथमिकतामा राखिए पनि कृषिमा सरकारको द्वैध चरित्र देखिएको छ । सरकारले आगामी बजेटमार्फत धेरैजसो कृषिसँग सम्वन्धित वस्तुमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाउने काम गरेको छ । विषादीका सम्पूर्ण कमोडिटीहरूमा भ्याट लगाउने काम भएको छ । त्यसैगरी अर्गानिक प्रविधिमा समेत भ्याट लगाउने काम भएको छ । किसान कस्ट अफ प्रोडक्सन बढेको भन्दै पेशाबाट पलायन भइरहेको अवस्थामा कृषि सामग्रीमा भ्याटले किसान झन पलायनको अवस्था आउनसक्छ । भ्याट लगायतका कर थोपर्दा स्वदेशी उत्पादनले आयातित कृषिजन्य वस्तु प्रतिस्पर्धा गर्न नसक्ने हुन्छ । यस्तो बजेटले नेपालको कृषि माथि जाने म चाहिँ देख्दिन ।
कृषिलाई माथि लैजान सरकारले के गर्नुपर्छ त ?
सबैभन्दा पहिले त कृषिजन्य उपजहरूको भेराइटी विकासका लागि रिसर्चमा लगानी बढाउनुपर्छ । व्यावसायिक किसानको संख्या बढाउनुपर्छ । सरकारले अहिले पनि व्यावसायिक कृषिभन्दा निर्वाहमुखी कृषिलाई प्रोत्साहित गरिरहेको अवस्था छ । अहिलेको कृषि अनुदान नीतिले कृषि उभो लाग्दैन । आउटपुटका आधारमा अनुदान दिनुपर्छ । स्याउको विरुवामा अनुदान दिएको छ तर स्याउका विरुवाका लागि अनुदान लिएको किसानको फार्मको अनुगमन भएको छैन । ग्रिन हाउसमा अनुदान दिएको छ तर ग्रीन हाउस प्रयोगमा आएको छ कि छैन भन्ने अनुगमन छैन । किसानलाइ दिएको त्यस्तो ग्रिन हाउस वा टनेलमा सम्बन्धित किसानले प्रयोग नगरेको अवस्थामा सोही अनुदानको टनेल अर्को किसानलाई हस्तान्तरण गर्ने व्यवस्था हुनुपर्छ ।
अहिले हामी मल्चिङ प्लाष्टिक र ग्रिन हाउसका सामान आयातमा झण्डै ५५ प्रतिशत भन्सार र भ्याट तिरिरहेका छौँ । तर, सरकारले त्यही सामानमा किसानलाई ५० प्रतिशत अनुदान दिइरहेको अवस्था छ । त्यस्तो सामान आयातमै सहुलियत दिए किसानलाई अनुदान दिनै पर्दैन, आयातमा सहुलियत दिएपछि स्वतः सामानको मूल्य घट्छ, किसानले सस्तोमा पाउँछन् । किसानको कष्ट अफ पोडक्ट तय गरेर बजार ग्यारेण्टी नगरेम्म कृषि क्षेत्र अघि जान सक्दैन । नीतिगत स्थिरता पनि हुनुपर्यो, दीर्घकालीन १० वर्षे स्थिर कृषि नीति हुनुपर्छ । अन्यथा कृषिमा युवा आकर्षण बढ्न सक्दैन । गत वर्ष सरकारले आयातित आलु आलु प्याजमा भ्याट लगायो । यसवर्ष फेरि हटायो । स्वदेशमै उत्पादन बढाउन आलु प्याजको नयाँ फार्मिङ सुरु गर्ने किसानको लगानी त डुब्ने भयो नि । यस्तो नीतिगत अस्थिरताले कृषिमा कसरी लगानी बढ्न सक्छ ।
गोर्खा ग्रुपले के चाहिँ गर्छ ?
हामी खासगरी कृषिजन्य सामग्री आयात गर्छौं । बीउ बिजन, एग्रो केमिकल्सका साथै कृषि यान्त्रिकीकरणका लागि कृषि उपकरण पनि आयात गर्छौं । नेपालमै हाइब्रिड सिड प्रोडक्टसनको नम्बर वान कम्पनी पनि हो हाम्रो । हामी विभिन्न बालीको हाइब्रिड सिड आयातका साथै किसानसँग मिलेर बीउ उत्पादन पनि गर्छौैैं । बीउहरू दाङबाट उत्पादन हुन्छ । गोर्खा एग्री गु्रपअन्तर्गत पाँचवटा कम्पनी छन् । दुईवटा कम्पनी दाङ बेसमा छन् । एउटाले सिड उत्पादन काम गर्छ । मुख्यगरी हामी हाइब्रिड सिड प्रोडक्सन गर्छौं । अर्कोले माइक्रो न्युटे«न प्रोडक्सनको काम गर्छ र अर्कोले सिड र एग्रो केमिकल्स आयात गर्छ । अर्कोले मेसिनरी र गार्डेन टुल्स आयात र एउटा भने रिटेल वेसको कम्पनी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच