धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहे पनि यसको विकास तथा प्रवद्र्धनमा ध्यान दिन नसक्दा अहिले आयात गरेर छाक टार्नुपर्ने अवस्था आएको छ । नेपालमा धान खाद्य बालीमात्र नभएर यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ । मन्त्रालयले विगत बीस वर्षदेखि नियमित रूपमा धान दिवस मनाउँदै आएको छ । तर, हालसम्म वास्तविक किसानसँग पुगेर धान दिवस मनाइएको छैन । यसपटक हामी धान खेती गर्ने किसान भएको स्थानमा पुगेर धान दिवस मनाउँदै छौं । यसपालि वास्तविक किसानहरूको उपस्थितिमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छौं ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित मनाउन थालिएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित स्थानीय जनप्रतिनिधि र किसानको उपस्थितिमा चितवन रत्ननगर बछौलीमा मनाउँदै छौं । बछौलीमा करिब डेढ बिघा जग्गामा धान रोपाइँ गरिनेछ । म स्वयं किसानको छोरी हुनुका साथै खेती गरेर हुर्केको हुँ । विगतमा हामी धानमा आत्मनिर्भर थियौं । तर, अहिले धान आयात गरेर छाक टार्नुपर्ने अवस्था छ । अब यस्तो अवस्था अन्त्य गर्नेतर्फ सरकारले ध्यान दिइरहेको छ । आगामी आवको बजेटमार्फत् सरकारले कृषि दशक पनि घोषणा गरिसकेको छ ।
कृषि क्षेत्र अघि बढाउन सकेमा देशको आर्थिक क्षेत्र पनि अघि बढ्छ । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा सरकार चिन्तित छ । मधेसमा आठ लाख हेक्टर जग्गा भए पनि युवा विदेसिइरहेका छन् । मधेसको जग्गामा खेतीका लागि युवालाई प्रोत्साहित गर्नुपर्छ । सबैले आफ्नो निर्वाचन क्षेत्रमा कृषि क्षेत्रको पुनर्रुत्थानका लागि अभियान चलाउने समय आएको छ । देशभर बाँझो बनिरहेको जग्गालाई खेतीयोग्य बनाउन चारदेखि पाँचवटा मन्त्रालयको सहकार्य आवश्यक छ । उद्योग, कृषि, श्रम र सिँचाइलगायत मन्त्रालयको सहकार्य भएमा सहजै बाँझो जग्गाको व्यवस्थापन गर्न सकिन्छ । किसानले पाउनुपर्ने रकमका लागि बजेट विनियोजन भएको छ । त्यो अपुग छ । किसानलाई ऋण लिएर नै भुक्तानी गर्ने तयारीमा लागेका छौं ।
अबको १० वर्षमा देशलाई कृषिमा आत्मनिर्भर हुनेगरी काम गर्छौं । धान, मकै, मुसुरोको खेती बढी हुने तराई मधेसलगायत क्षेत्रबाट यसको सुरुवात गर्छाैं । यी क्षेत्रमा उत्पादन वृद्धि र बजारीकरणमा सघाउन मन्त्रालय तयार छ । कृषिलाई व्यावसायिकरण गर्न निजी साझेदारी बलियो बनाउनुपर्छ । चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो ।
मल अभाव हुँदैन
चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव हुँदैन । अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट जम्मा ६ लाख मेट्रिक टन मलका लागि टेण्डर आहृवान भएको छ । २०८१ जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री-वितरण भएको छ । गत वर्षको पनि गरी ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । युरियामा १७ प्रतिशत र डिएपीमा ५५ प्रतिशत र पोटासमा ४७ प्रतिशत औसत अनुदान उपलब्ध गराउँदै आएका छौं । थप एक लाख ३१ हजार मेट्रिक टन आयात हुने क्रममा रहेको र असार मसान्तसम्ममा आयात भइसक्ने अवस्था रहेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
धान रोपाइँका लागि मौज्दातमा रहेको मल र आयात हुने मलबाट आवश्यकता पूरा हुनेछ । हाल अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य क्रमशः घट्दो क्रममा रहेकोले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच