सर्जकले आफूमा केन्द्रित भएर लेखिएको सिर्जना नै आत्मसंस्मरण, आत्मकथा र आत्मवृत्तान्त हो । निबन्ध विधाको एक प्रमुख भेद आत्मकथा आत्मपरक अर्थात् निजात्मक शैलीको रोचक गद्याख्यान हो । विश्व साहित्यकै लोकप्रिय यो विधा कल्पनाको फूलबुट्टा भरिएको हबेलीभन्दा यथार्थको अभिव्यञ्जना संप्रेषण गर्नसक्नेउत्प्रेरक रचना हुनुुपर्छ भन्ने आलोचकीय दृष्टि छ । नेपाली सहित्यका ख्यातनामा पुरुषहरू र उनका कृतिहरू : जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, रमेश विकलको ‘मेरो अविरल जीवन गीत’, बीपीको ‘जेल जर्नल’, ऋषिकेश शाहको ‘प्रारब्ध र पुरुषार्थ’ त्यस्तै ‘मेरो र म’ केपी भट्टराई, ‘जीवन काँडा कि फूल’ झमक घिमिरे आदिका उत्कृष्ट स्मृतिपरक आत्मवृत्तान्त कृतिहरू पाठकहरूको दिलदिमागलाई हल्लाउने खालका छन् । महात्मा गान्धी, नेहरू, नेल्सन, मण्डेला, रवीन्द्रनाथ आदिका आत्मसंस्मरण चिरकालतक पाठकहरूका उत्प्रेरणाका दसी बन्न पुुगेका छन् ।
यसै सन्दर्भमा आजको विषय चर्चित आख्यानकार, वरिष्ठ पत्रकार, नेपाली बालसाहित्यका धरोहर, विशिष्ट लेखक श्री विजय चालिसेद्वारा लिखित उनको आत्म-संस्मरणपरक चउन्नौँ कृति ‘जीवनका वक्ररेखा’-बारे केही चर्चाको जमर्को गरेको छु । नेपाली वाङ्मयकाविविध विधामा झन्नै पाँच दर्जन ग्रन्थका लेखक बनिसकेका अथक साधकको निवृत्त जीवनमा खारिएर रचिएको यो कृति तीनसय बाह्रपृष्टको ठूलै कायको बन्न पुुगेको रहेछ । उहाँको आत्मसंस्मरण कृति परिशिष्ट खण्डसमेत गर्दा जम्मा नौ भागमा विभाजित छ । हरेक खण्डमा झन्नै एक दशकका आफ्ना भोगाइ, क्रिया, कार्यक्षेत्र, अनुुभूति, धटना, त्यसको सामना, धारणा र अठोटहरूको वर्णन रोचक शैलीमा यथातथ्य प्रस्तुत गर्ने प्रयास गर्नुभएको देखिन्छ ।
परिवर्तनको बिन्दुु र पत्रकारिता, नयाँ-नयाँ चुनौती, त्यति बेलाको पत्रकारिता, व्यवधान चिर्दै बेलायत, नयाँ संसारमा परिचित स्नेह, तालिम अनुुभव र ब्रिटिश प्रेस, तालिम मूल्याङ्कन र कला-साहित्यको संसार, परिवार विघटन र गोठको बास’ यी आठ शीर्षकमा जल्दोबल्दो उर्वर वयका स्वानुुभूतिलाई सचित्र उपस्थापन गराउनुु भएको छ ।
पहिलो खण्ड २००८-२०१७ मा ‘मेरो बाल्यकाल : मेरो थातथलो’ मूूल शीर्षकमा १७ देखि ५५ पृष्टमा : ‘मेरो जन्म, मेरो जन्म थलो, काठमाडौँ आगमन, मेरो बाल्यकाल र मेरो गाउँघर, चिसो रातमा तमाखुुकथा, गाउँको स्कूल’ छ वटा आत्मस्मृतिलाई उजागर गर्नुभएको छ । दोश्रो खण्डमा ‘फैलँदो परिवेशः समाज दाम्पत्य र प्रवेशिका’ मूूल शीर्षकमा ०१७ देखि ०२५ सम्मको स्वानुुभूति प्रकट गर्नु-भएको छ । यसभित्र एघार शीर्षकमा तीस पेजमा निम्न शीर्षकका सम्झनाआलेख रहेका छन् । ‘फैलँदो परिवेश, बौद्धको सेरोफेरो र हजुरामाको बारा, कालमोचनको यात्रा र हजुरामाको स्नेह, कान्छीआमा, मित्रमण्डलको सेरोफेरो, ढ्याङ्ग्री दिदीको मुँगको चौँसो, भालुकान्छा, समाज दाम्पत्य र प्रवेशिका, चारपाते क्लब, स्कूूल निर्माण र स्वयंसेवी शिक्षण, दाम्पत्य र प्रवेशिका’ यी शीर्षकहरूमा ललित शैलीमार्फत ‘वक्ररेखा’ मा जिन्दगीका रोचक यात्राहरूको वर्णन छ ।
तेस्रो खण्डको कालक्रम २०२६ देखि २०३६ सम्मको छ । यस अंशको मूूल शीर्षक ‘हिप्पी, गुप्तचर र राविसे’ रहेको छ । जसमा एकसय पाँच पृष्टदेखि ११६ पृष्टसम्म चार शीर्षकमा : ‘हिप्पी, गुप्तचर र राविसे, कलेजजीवन हिप्पी र गुप्तचरको पिछा, खाल्टो बाहिरको संसार र उत्साहको ऊर्जा, राविसेमा देशदर्शन’ रहेका छन् । चौथो समय खण्ड २०३७ देखि २०४५ सम्मको छ । जसमा मूल शीर्षक रहेको छ : ‘जनमतपछिको व्यवसाय परिवर्तन’ यसमा आठ शीर्षकका जल्दाबल्दा आलेख छन् । जस्तै ः परिवर्तनको बिन्दुु र पत्रकारिता, नयाँ-नयाँ चुनौती, त्यति बेलाको पत्रकारिता, व्यवधान चिर्दै बेलायत, नयाँ संसारमा परिचित स्नेह, तालिम अनुुभव र ब्रिटिस प्रेस, तालिम मूल्याङ्कन र कला-साहित्यको संसार, परिवार विघटन र गोठको बास’ यी आठ शीर्षकमा जल्दोबल्दो उर्वर वयका स्वानुुभूतिलाई सचित्र उपस्थापन गराउनुु भएको छ ।
ग्रन्थको पाँचौँ भाग २०४६ देखि २०५१ सम्मका वस्तुस्थितिको स्मृतिपरक विश्लेषण ‘दोस्रो संसदीय काल र कमिनिष्ट सरकार’ मूूल शीर्षकअन्तर्गत पाँच आलेख छन् । जसमा : ‘जनआन्दोलनपछिको बहुमत सरकार, निर्वाचनपछिको सरकार, दासढुुङ्गा दुुर्घटना र कमिनिष्ट सरकार, नेपालको त्रिपक्षीय सम्बन्ध, प्रेमसिंह धामीको दुःखद् अवसान छन् । कृतिको छैटौँ खण्डमा २०५२-२०६२ सम्मका घटनावली समेट्दै ‘राजनीतिक अस्थिरता र माओवादी जनयुुद्ध’ मूूल शीर्षकमा सातवटा आलेखबाट तत्कालीन अवस्थाको यथातथ्य खोतल्ने जमर्को छ । जसमा : ‘मध्यावधिपछिको राजनीक अवस्था, गणतन्त्रको चढ्दो आबाज, एमाले विभाजन र माओवादी सरकार, प्रेस चौतारीको नेतृत्व, दरवार हत्यकाण्ड र प्रत्यक्ष शासन, सक्रिय शासनमा गोरखापत्र, द्वन्द्व र प्रत्यक्ष शासनमा सञ्चार’ जस्ता उल्लेखनीय विषयमा विश्लेषणपरक सम्झनाको झझल्को उतार्ने प्रयास भएको छ ।
सातौँ खण्ड २०६३-२०६७ पाँच वर्षको आत्म-आख्यानको मूल विषय ‘गणतान्त्रिक नेपाल’ रहेको छ । यसभित्र ‘राजतन्त्रको अन्त्य, दोस्रो सम्पादकीय नेतृत्व, प्रतिष्ठान स्थापना र पिताजीको निधन, राजनीतिक नियुक्ति, चुनौतीका पहाड र ऋणको भारी, टेन्डर प्रकरण र अख्तियार’ जस्ता समसामयिक विवेचकीय शीर्षकका आलेख छन् । कृतिको आठौँ भाग २०७२-२०७७ करिब छ वर्षको दुुःखान्त आत्मकहानी र उतारचढाबलाई ‘सर्वाधिक कहरका वर्ष’-का रूपमा क्रमशः यी शीर्षकहरूमार्फत सटीक चित्रण गरिएको छ : ‘अवकाशपछिको यायावरी, सर्वाधिक कहरका दिन, छपन्न सेकेन्डको प्रलयानुुभूति, जीवनसङ्गिनीसितको विछोड, कोरोना कहर’ जस्ता पेचिला र दुर्दान्त घटनालाई धैर्यपूूर्वक साहससाथ लेख्ने कसरत गर्नुुभएको छ ।
अन्त्यमा बचेखुचेका विशेष सम्झनाहरू एघारवटा लेखहरूमा समेटेर आफ्ना संस्मणका पानाहरूलाई टुुङ्ग्याउनुुभएको छ । जसमा ‘मेरो कथायात्रा, विविध घटना क्रममा गोरखापत्र, विद्वत्वृत्ति र साङ्ग्रिला, केही स्रष्टा केही सम्झना, भैरव अर्यालको रौद्ररूप, अवस्थाअनुसारको व्यवहार, कोशी ब्यारेजको पुुल, पिँडालीको विशाल मन, भूतलेखन र बौद्धिक शोषण, मदनदेव भट्टराईको उदारता,’ जस्ता प्राज्ञिक बहसमा केन्द्रीभूूत भएका रोचक, घोचक तथा विवेचक गद्याख्यानलाई कौतूहलपूूर्ण ढङ्गले प्रस्तुति दिने चेष्टा गर्नुुभएको छ ।
विजयले यस आत्मसंस्मरणभित्र ७० वर्षको नेपालको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक, अर्थात् आधिभौतिक, आधिदैविक, आध्यात्मिक सबै पक्षलाई सूत्रात्मक रूपको दर्पण बनाउनुुभएको छ । हरेक पढाकुुका चित्तस्पर्श गर्ने चालिसेको पठनीय यो कृति स्तवनीय पनि छ ।
यसरी आत्मसंस्मणकार चालिसेले जीवनको उत्तरार्धमा आएर आफ्ना कटुुमधुु भोगाइका वृत्तान्तलाई भावुकता, तथ्यता, वस्तुुनिष्ठता हुँदै निजात्मक सुललित शैलीमा आफ्नो र देश अन्तर्देशको घटनाको चक्रीय स्थितिको मनमोहक लेखन पस्किएर ठूलो गुन लगाउनुुभएको छ भन्दा अति हुँदैन । एक असलपत्रकार वास्तवमा समाजको टीकाकार, टिप्पणीकार र पथप्रदर्शक हो भन्ने सारगर्भित संकथनलाई वहाँले राम्ररी होसपूूर्वक मुुत्र्याउनुु भएको छ । हिन्दी साहित्यका महान् हस्ती प्रेमचन्द्रले भनेझैँ ‘लेख्ने त ती मानिसले गर्छन्, जो भित्र केही दुुखाइ हुुन्छ’ यो कुरा विजयका लेखन जीवनमा पाइन्छ ।
एक अस्सल कलमी भएर क्रियाशील लेखनमा उत्साहसाथ अभ्यस्त हुँदै साधनामा छन् चालिसेका रचनात्मक कलम । त्यसैले भन्न सकिन्छ पाठकहरूलाई लेखक चिनाउने सामथ्र्य छ उनको यो प्रौढ उमेरको लेखन तागत । आत्मसंस्मरणका विशेषताको धरातल टेकेर बगेको उनको लेखनी समयको क्रमिकतालाई मीठोसित संवरण गर्न काबिल छ । सत्यतथ्य प्रमाणले भरिएको अनौपचारिकता र औपचारिकताको घुलनले लेखहरू आत्मीयता सौहाद्रता तथा सुकुमार बन्दै आवश्यकता अनुसार वाच्यार्थ, लक्षणार्थ र व्यञ्जनार्थमा खुलेका छन् ।
आफ्नो तथा देशको राजकाजमा अभ्यस्त रानीतिक शक्तिगृहका विगतका सबल र दुर्बल पक्षको संस्मणको विरेचन खुुलस्त ढङ्गले गरिदिनुु भएर भावी दिशा तय गर्ने सूत्रात्मक टिप्सहरू पनि मनग्गे प्रदान गर्नुभएको छ ग्रन्थभित्र । मूूलतः आत्मस्मृतिले चरण चरणका कालिक प्रतिबिम्ब खिचेर घटनाक्रमहरूको चिरफार तटस्थ धरातल टेकेर गरेको छ । ‘जीवनका वक्ररेखा’ आत्मसंस्मरण कृति तमाम पाठकलाई उत्प्रेरणा शक्ति प्रवाह गर्न गतिलो भूमिकामा छ भने सम्बन्धित स्वयं सर्जकको नालीबेली र आत्मजागरण दिन उत्तिकै कटिबद्ध छ ।
यसरी आपूm, परिवार, समाज तथा राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक पक्षहरूको सङ्गति, विसङ्गति केलाई देशले लिनुुपर्ने सुुगतिमा कलमलाई निथ्रुुक्क बनाउनुुभएको छ । विजयले यस आत्मसंस्मरणभित्र ७० वर्षको नेपालको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक, अर्थात् आधिभौतिक, आधिदैविक, आध्यात्मिक सबै पक्षलाई सूत्रात्मक रूपको दर्पण बनाउनुुभएको छ । हरेक पढाकुुका चित्तस्पर्श गर्ने चालिसेको पठनीय यो कृति स्तवनीय पनि छ ।
उपन्यास, कथासंग्रह, पत्रकारिता, संस्कृति, यात्रा निबन्धजस्ता दर्जनौं कृतिको अलावा नेपाली बालसाहित्य भण्डारमा अनुुदितसहित तीन दर्जन विविध विधाका पुुस्तकहरू प्रकाशित छन् । नेपालको सबैभन्दा जेठो पत्रिका गोरखापत्र दैनिकदेखि यसका सहप्रकाशनहरूमा सम्पादक, प्रधान सम्पादकको गुरुतम भार सम्हाल्नुुभएका चालिसे विनयशील, सरल, सहज र शालीन बौद्धिक लेखकीय परिष्कारमा रमाउने व्यक्ति हुन् ।
सुुरभि साहित्य प्रतिष्ठान काठमाडौँले यो गहनतम नैबन्धिक आख्यानात्मक संस्मणलाई प्रकाशित गरेर आफ्नो संस्थाको गरिमा बढाएकोमा संस्थाका नायक (अध्यक्ष) बाजुुराम पौडेलज्यूमा धेरैधेरै धन्यवाद ! ‘जीवनका वक्ररेखा’ भित्रका दही रूपी सिर्जनाले भरिएका ठेकीहरू मथेर मोही, मठ्ठा, लस्सी वा तक्र पिउँदा कुन पाठकलाई आनन्द हुुँदैन र ? किनकि भनिएको पनि छ : तक्रं शक्रस्य दुुर्लभम्’ इन्द्रलाई त दुुर्लभ हुने तक्ररूपी यी आलेख स्वादिला, प्रौढी र शीतलता दिने खालका छन् । पैतृक लेखन गौरवलाई विजयका सिर्जनशील कलमले चमकदार पारिरहेका छन् । उनको स्वस्थ, चुस्त र सन्देशपरक बलवती लेखनीलाई साधुवाद ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच