महिलामा प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ ।

पुलिसले एपीएफलाई २५/१२, २१/२५, २५/२३ र २५/१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो ।

तेस्रो सेट एपीएफले अग्रता लिए पनि जोगाउन नसक्दा २५/२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो । पुरुषतर्फको फाइनल ३ बजे सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?